धनकुटा / धनकुटाको चौविसे गाउँपालिकामा आफैले जन्मदिएको छोरीलाई एक नरपिसाद बुबाले महिनौदेखी करणी गरेर गर्भवती वनाएको खुलासा भएको छ ।
गाउँको एक विद्यालयमा कक्षा–१० मा अध्ययनरत १६ बर्षीय छात्रालाई गर्भवती बनाएका हुन । उनी गर्भवती भएको विद्यालयकी शिक्षिकाले कक्षा कोठामा पढाउने क्रममा शंका लागेर सोधपुछ गर्दा खुलेको हो । उनी यो वर्ष एसईई को तयारीमा थिइन । शिक्षिकाले सोधपुछ गर्ने क्रममा आफु आफ्नै ३६ वर्षीया बुबाले महिनौदेखी यौन सम्पर्क गरेको जानकारी दिएको ती शिक्षिकाले वताइन । अहिले ति छात्राको पेटमा ८ महिनाको गर्व रहेको जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँच पछि खुलेको छ । घरमा निजको श्रीमति पनि साथमै रहेकीछन् ।
छात्रा गर्भवती भएको विषयलाई लिएर अभिभावकलाई घरमा गएर विद्यलाय प्रशासनको तर्फवाट शिक्षिकाले जानकारी गराएका थिए । छोरी गर्भवती भएको घरका सवै परिवारले थाहा पाए पछि विमारी परेको भन्दै अस्पताल लान लाग्दा ती बुबालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीमा समेत ती बालिकाले बाबुले नै यौन शोषण गरेको बयान दिएकीछन् । पीडक बावुले पनि अपराध स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रवहादुर गुरुङ्गले बताए । उनलाई हाडनाता जवर्जस्ती करणीको कसुर अन्तर्गत म्याद थप गरी जिल्ला अदालत धनकुटामा मुद्धा दायर गरि सकिएको वताए ।