इटहरी / सुनसरीको झुम्कामा एक बृद्धको शव फेला परेको छ । रामधुनीनगरपालिका १ स्थित शिवचौकमा अन्दाजी ८४ बर्षीय नरबहादुर क्षेत्री (भण्डारी )को शव घरमा फेला परेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
बिहान ९ बजे स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । इलाका प्रहरी कार्यलय पकलीक ाइन्स्पेक्टर जितेश दाहालले घटनास्थलमा कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको बताए । हिजो साँझ इटहरीमा एक युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।