भद्रपुर / लागूऔषधसहित एक यूवालाइ सशस्त्र प्रहरीे पक्राउ गरेको छ । भारतबाट लुकाइ छिपाइ नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा गण नम्बर २ झापाबाट असइ आईन्द्र मेयोङ्गवाको कमाण्डमा खटिएको ड्यूटी टोलीले शुक्रबार अपरान्ह् ४ बजे भद्रपुर –५ नयाँ बजारबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ धुलाबारीका १९ वर्षीय सन्देश यादव रहेको सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएको छ । यादवको साथबाट प्रहरीले लुपिजेशिक , डाईजिपाम ,फेनारगन गरी तीस एम्पुल र नाईट्रोसन ५ पत्तामा रहको ४८ ट्याबलेट फेला पारिएको सशस्त्रका डिएसपी तथा सूचना अधिकारी ओजेस ओलीले जनाए ।
बरामद सामान र उक्त युवालार्ई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरलाइ जिम्मा लगाइएको डिएसपी ओलीको जानकारी दिए ।