पाँचथर /  फिदिम नगरपालिका–१, मा रहेको फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् ।
प्रधानाध्यापकको कुटपिटबाट विद्यालयको कक्षा–९ मा अध्ययनरत मिक्लाजुङ–४, रविका १५ बर्षीय रोहित राई घाइते भएका हुन् । प्रधानाध्यापक खत्रीले रोहितलाई बिहीबार कुटपिट गरेको आफन्तले जनाएका छन् । रोहितको कक्षाका साथी किर्ति लिम्बूका अनुसार कक्षाको एउटा बेञ्चमा सामान्य टुटफुत भएको बिषयलाई लिएर प्रधानाध्यापक खत्रीले रोहितलाई कक्षामा र अफिसमा समेत लगेर कुटपिट गरेका थिए ।
उनका साथीहरुका अनुसार कक्षा–१० का विद्यार्थीले कक्षा–९ को एउटा बेञ्चमा क्षति पु¥याएका थिए । सोही बिषयलाई लिएर ‘मैंले गरेको होइन’ भन्दा पनि प्रधानाध्यापक खत्रीले ‘मुखमुखै लाग्छस ?’ भन्दै टाउकोमा र गालामा कुटेको रोहितका साथीहरुले बताए । कुटपिटपछि रोहितले बमिट गरेको र बिरामी परेको बताइएको छ । उनलाई साथीहरुले नै मिलेर स्टेचरमा हालि अस्पताल पु¥याएका थिए । हाल उनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । चेकजाँच पछि वार्डमा राखेर उनको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
रोहित फिदिममा डेरा गरी पढ्दै गरेको उनका सानिआमा रिता राईले बताइन् । घटनाबारे बुझ्न प्रधानाध्यापक खत्रीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । आफूहरु ड्युटिमा रहेकाले घटनाबारे केही थाहा नभएको, विद्यार्थीलाई अस्पताल पु¥याएपछि मात्र थाहा भएको विद्यालयका शिक्षक लक्ष्मी भण्डारीले बताए ।