पथरी /  सखुवाको अवैध गोलिया काठसहित मोरङको पथरीशनिश्चरेबाट मोरङ र झापाका ८ जना तस्करहरुलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।
प्रहरीको गस्ती टोलीले मंगलबार राति १२ बजे वडा नम्वर २ को शान्ति चौकबाट को १ च ९३१८ नम्वरको पिक अप भ्यान दक्षिण लार्दै गरेको अवस्थामा ५४ किवि ३ थान गोलिया काठ पक्राउ गरेको हो । पिकप भ्यान, काठसहित प्रहरीले भ्यान चालक झापाको दकम नपा–२, बस्ने ४८ बर्षीय वुद्घिमान राई, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्वर ५ वस्ने ३२ बर्षिय बल वहादुर राई, २६ बर्षीय बालकृष्ण भट्टराई, २० बर्षीय जनम राई, २४ बर्षीय संन्दिप राई, ३१ बर्षीय शेर वहादुर राई,२५ बर्षीय जनक राई, ३३ बर्षीय श्रवण राईलाई पकाउ गरेको छ ।
प्रहरी टोलीले पक्राउ परेको पिकअफ भ्यानबाट रुख कट्न प्रयोग गरिने ३ वटा हातले तान्ने आरा, ४ थान लक्डी उठाउन प्रयोग गरिने काठको गल, १ थान फलामको झम्पल ,४ थान खुकुरी, १० थान मोवाईल फोन र आरामा प्रयोग गरिने ६ थान रेति समेत बरामद गरेको इलाका प्रहरी कार्याल पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए ।
तस्करहरुले कानेपोखरीको उत्तर जंगलमा मंगलबार राती ८ बजे पसेर कटान गरी ११ बजे सबै सकेर सोही पूर्व पश्चिम राजमार्गको सडक प्रयोग गरी पथरीबजार पुगे पछि दक्षिण लागेको प्रहरीको बयानमा भनेका छन् । उनीहरुले पथरीशनिश्चरे दक्षिणको कुनै स–मिलमा लगेको हुन सक्ने इन्स्पेक्टर बजगाईले बताए । आजै काठ, पिकअफ, खुकुरी लगाएतका सामान वनलाई बुझाई सकेको प्रहरीले बताएको छ ।