पथरी /  मोरङको पथरीशनिश्चरे नगरपालिकाको एउटै वडामा एक हप्तामा दुई बालिकाको बलात्कार भएको छ । पथरीशनिश्चरे वडा नं.–१०, स्थित मुनाल चौककी ४बर्षीय बालिका र भुटानी शरणार्थी शिविरकी १३ बर्षीय बालिकाको बलात्कार भएको हो ।
मुनाल चौककी ४बर्षीय बालिकालाई छिमेकी १४ बर्षीय एक बालकले ट्युशन पठाउने बहानामा बलात्कार गरेका थिए । बालिकालाई यही १९ गते शनिबार घरमै बलात्कार गरेको इलाका प्रहरी कार्यालय पथरीमा थिउको उजुरीमा उल्लेख छ । नानीलाई बलात्कार गरेको अभिभावहरुले देखे पछि प्रहरीमा बलात्कारको उजुरी दिएका थिए । उजुरी पछि पक्राउ परेको आरोपितलाई कानुनी कारवाही अघि बढाएको इन्स्पेक्टर कमल बंजगाईले बताए ।
त्यसैगरी पथरीशनिश्चरे–१०, मै रहेको भुटानी शरणार्थी शिविर सेक्टर डि.टु छाप्रा नं. ४७ सुनार बुढा भनिने बर्ष ५६ को मनबहादुर सुनार एक बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । १४ बर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा माघ ८ गते प्रहरीले पक्राउ परेको थियो । सुनारकै घरबाट विद्यालयमा जाने क्रममा सुनारले पटक पटक करणी गरेको प्रहरीमा बयान दिएका छन् ।
शिविरको विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिकाले गर्भ रहेको थाहा पाएपछि सुनारले गर्भ चुहाउने औषधि चक्की खुवाए पछि बालिकालाई रक्तश्राप भएको थियो । रक्तश्राप भए पछि हस्पिटलबाट गर्भ तुहिएको रिपोर्ट आएपछि घटना सार्वजानिक भएको थियो । सुनार नेपालमा लागुऔषध कारोबारमा १५ बर्ष जेल विताएर निस्केका हुन । त्यसैगरी भुटानमा रहदा दुई बर्ष जेल जीवन विताएको बताइएको छ ।