काँकरभिट्टा/ के आई नेपालले ११ महिनाको अवधिमा २ सय ५८ जना युवती र १६ जना बालकको काँकरभिट्टा नाकाबाट उद्धार गरेको छ । के आई नेपाल मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यकोे अभियानका लागि २०७४ साल माघ महिना देखि नेपालीको पूर्वी नाका काँकरभिट्टामा काम गदै हो ।
संस्थाले काँकरभिटट्टा नाका हुदै भारतीय बजार जादै गरेका १४१९ जना युवतीहरुलाई सुचना सम्प्रेषण तथा परामर्श दिएका भारत नै पढाएको थियौँ । भने ८३ जनालाई उद्धार तथा परिवारमा पुनर्मिलन गरेका थिए ,त्यस्तै गरि ४८ लाई थप अनुसञ्धान गर्नका लागि प्रहरी कार्यालय काँकरभिट्टामा सिफारिस गरेको छ ।
भने ४० जना युवतीलाई आपतकालिन आवधिक गृहमा सेवा प्रप्त गराएको संस्थाकी झापा जिल्ला शाखाकी प्रमुख सुनिता सापकोटाले बताईन् ।
भने भारतबाट ८६ जना युवती र १६ जना बालक र कुबेतबाट १ जना महिलाको सकुशल उद्धार गरेको बताईन् । प्रमुख सुनिताको अनुसार ४ जान प्रभावितद्धारा ४ वटा मुद्धा दर्ता, २ मानब बेचबिखन र ओसार-पासार बिरुद्ध १ जवरजस्ती करणी र मान बेचबिखन तथा ओसार पसार, १ जबरजस्ती करणीकाे मुद्धा ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा दर्ता गरिएको छ ।
त्यस्तै गरि ३ जना प्रहरीको हिरासतमा र २ जनाको प्रहरीले खोजिकार्य भईरहेको बताइन् । यसरी विभिन्न बाहानमा परेर बेचिने चेलीहरु मोरङ्ग,उद्धयपुर ,दोलखा इलाम, सुनसरी,इटहरी, झापाका बढि युवतीहरु रहेका छन् ।
सापकोटाले भनिन् “ पहिला नेपाली चेलिबेटीलाई विवाह गरि भारतीय बजारमा बेचबिखन गर्न लान्थे तर अहिले भने त्यो परम्परा अन्त्य भएको छ । अहिले प्रविधिको युगमा समाजिक सञ्जालका कारणले झनै सजिलो पारिदिएको छ ।
अहिले नेपाली युवतीहरुलाई खेलाडीको बनाई र वैदैशिक रोजगारीको लागि गएकी भनेर युवतीहरुका नै परिवार आएर विदाई गर्ने र श्रीमती भए उनि काम गर्न गएकी भनेर विवाह दर्ता नै बोकेर श्रीमान् आउने गरको बताईन् ।
नेपाल भारतीय बजारसँग खुल्ला सिमाना जोडिएका कारणले पनि भारतीय बजारमा सजिलै जान सकिन्छ । प्रहरीले पनि धेरै कडाई गदैन अहिले सामाजिक सञ्जालका कारणले पनि अहिले नेपालमा मानब बेचबिखन बढदै गएको छ ।
यसलाई न्यूनिकरण गर्नेका लगि नेपाल सरकारले भारतसँग जोडिको खुल्ला सिमाहरुमा सकिन्छ भने “पासपोट” नत्र भए प्रहरीले काढाई गरिदिने भए यो कम हुने थियो ।