पथरी / पूर्वी मोरङमा कार्यरत प्रेस संगठनमा आवद्ध पत्रकारहरुले स्थानीय तह र पत्रकारिता क्षेत्रलगायतको क्षेत्रमा सुद्धिकरण अभियान सञ्चालन गर्ने भएको छ ।
प्रेस संगठन (प्रेस चौतारी, प्रेस सेन्टर)को मोरङको निर्वाचन क्षेत्र ३ नम्बर अन्तरगत पथरीमा भएको क्षेत्र स्थारीय भेलाले सो बिषयमा छलफल गरेको हो । स्थानीय सरकारको काम कार्वाहीको निगरानी र पत्रकारिता क्षेत्रलाई सुद्धिकरण अभियान चलाउने निर्णय भएको हो । जनप्रतिनिधिहरु कमिशन, भ्रष्टचारमा संलग्नहुदै आएको आशंका र पत्रकारहरु सत्य, तथ्य भन्दा राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधको आधारमा समाचार लेख्न थालेको गुनासो आएपछि सुद्धिकरण अभियान चलाउने निर्णय भएको हो ।
भेलामा प्रेस सेन्टरका केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रेस सेन्टरका १ नम्बर प्रदेश कोषाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी मोरङका सहसचिव दिनेश सुब्बा, प्रेस चौतारी मोरङका सदस्य सन्तोष राई, पथरीशनिश्चरे नगरपालिकाका सुचना प्रमुख भुपेन्द्र तिम्सिना, रिदम एफ.एम.का कार्यकारी निर्देशक पर्शुराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो । भेलामा करिव तीन दर्जन पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएकोे थियो । भेलामा सहभागिहरुले नेपाल पत्रकार महासंघ र प्रेस संगठन पूर्वी मोरङ छुट्टै शाखा संगठन बनाउनु पर्ने सुझाव राखेका थिए । महासंघ र प्रेस संगठनको लागि छुट्टै शाखा गठन गर्न बहस चलाउने निर्णय भएको छ ।
































