मोरङ / उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले मोरङमा दृष्टिविहीनलाई न्यानो कपडा वितरण गरेकी छन् ।

नेत्रहीन संघ मोरङले १७ औँ साधारणसभा तथा प्रथम बेललिपी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ३८ जना दृष्टिविहीनलाई ज्याकेट, स्वेटरलगायतका न्यानो कपडा वितरण गरिएको हो । विभिन्न संघ संस्था तथा व्यक्तिहरुले न्यानो कपडा सहयोग गरेका थिए ।

कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले अपाङ्गता भएकाहरूमाथि हुने विभेद र अप्ठ्याराहरूलाई कानूनीरूपमै समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक, राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेकपा बेलबारी संयोजक पर्शुराम सुवेदी, इरान राई, महिला प्रतिभा सङ्घका सकुन्तला सुवेदीलगायतले बोलेका थिए ।