वराहक्षेत्र/ सैनिक आवासीय महाविद्यालय धरानले,प्राचिन हरिद्वार चतराधाम स्थित नेपालका प्रथम जगद्गुरु पीठका जेष्ठ नागरिक बृद्धबृद्धा लाई जाडोको न्यानो कपडा वितरण गरेको छ ।
शुक्रबार जगद्गुरु पीठ तथा राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानको परिषरमा आयोजित जेष्ठ नागरिक सम्मान तथा अन्तर–विद्यालय कला संस्कृति अनुभव आदान–प्रदान कार्यक्रममा उनीहरुलाई उक्त कपडा वितरण गरिएको हो ।
कार्यक्रममा सैनिक आवासीय महाविद्यलयका सम्पर्क अधिकृत सेनानी सम्झना खड्काले पीठका ३० जना वृद्धवृद्धा लाई सिरक प्रदान गरिन् । यसैगरीे उनले फलफुल वितरण गरी रामनामी ओढाएर सम्मान गरेकी कार्यक्रम संयोजक तथा सञ्चालक यम प्रसाद घिमिरेले बतँए ।
यसैगरी धरान स्थित साहसिक खेलको संस्था धरान एक्ट्रीमका सदस्य प्रतिनिधि भुपाल राईले राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलमका ५० विद्यार्थीलाई कपि कलम वितरण गरेको संयोजकले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका वडा नम्बर १ तोरीबारी खानेपानी तथा सरसफाई समिति अध्यक्ष डम्बर प्रसाद सिग्देलले, विद्यार्थी लँई किताबी ज्ञानसँगै नैतिक शिक्षाको प्रत्क्षय कार्यक्रम गरिनु प्रशंसनीय रहेको बताए ।
कार्यक्रमकी अध्यक्ष सम्पर्क अधिकृत सेनानी सम्झना खड्काले विद्यार्थीहरु लाई किताबी ज्ञानसँगै समाजका अनुभवका खानी जेष्ठ नागरिकहरुलाई सम्मान दिने संस्कार विकास गर्न उनीहरुलाई जेष्ठ नागरिकसँगको प्रत्क्षय संवादको कार्यक्रम गरिएको बताईन् ।
संस्कृत विद्यालयका बटुकहरुको स्वस्ती वाचन तथा राष्ट्रगान शुरु गरिएको कार्यक्रममा सैनिक विद्यालय तथा संस्कृत गुरुकुलमका विद्यार्थी छात्रछात्राहरुले विभिन्न जातीय संस्कृति झल्कने, गीत संगीत कविता तथा नृत्य प्रस्तुत गरेका थिए ।
सैनिक आवासीय महाविद्यालयका सम्पर्क अधिकृत सेनानी सम्झना खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन यमप्रसाद घिमिरेले गरेका थिए ।
































