यासोक(पाँचथर)/ भवनका झ्यालढोका भत्किएका छन् । वरिपरी झाडीले घेरेको छ । छेउमै रहेको सौचालय प्रयोग बिहिन अवस्थामा छ । पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको सब बन डिविजन कार्यालयको दृश्य हो यो ।
२०४२ सालमा स्थापना भएको बनको कार्यालय खन्डरमा परिणत भएको छ । कुम्मायक गाउँपालिकामा रहेको बनको कार्यालय त एउटा सानो उदाहरण मात्र हो । जिल्लामा रहेका ३ वटा सबै वन कार्यालयको हविगत यस्तै रहेमा रहेका छन् ।
समयमै भवनको संरक्षणमा सम्बन्धित निकायले ध्यान नपुर्यादा वन कार्यालय जीर्ण भएको हो । तत्कालीन जनयुद्ध र बजेट अभावको कारण देखाउँदै कार्यालयले मर्मत सम्हारमा ध्यान नदिदा यस्तोे अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
कार्यालयको भवन जीर्ण भएपछि कमचारीले स्थानीयको घरलाइ भाडामा लिएर कार्यालयको काम गर्दै आएका छन् । बजेट अभावका कारण जिल्लामा रहेका अधिकाशं वन कार्यालयको अवस्था यस्तै रहेको छ ।
वन कार्यालयको मर्मत सम्हार नहुदा कर्मचारीले नै मासिक २ हजार भाडा बुझाएर कार्यालय सञ्चालन गर्नु परेको सायक वन कार्यालय यासोकका प्रमुख ऋषिराम पराजुलीले बताए । मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि वन कार्यालयमा कर्मचारी जीर्ण भएको भवनबाटै जोखिम मोलेर कार्यालयको काम गर्दै आएका छन् ।
बर्खाको समयमा कार्यालयमा पानी चुइने हुनाले त्यो अवस्थामा बस्न नसकिने कर्मचारीहरु बताउँछन् ।
जिल्लामा भएका सबै वन कार्यालयहरुको भवन जीर्ण भएपछि कर्मचारीहरुले स्थानीयको चिया पसल र भाडाको कार्यालयबाट सेवा प्रवाह गर्दै आएका छन् । सामुदायीक बनका पदाधिकारीहरुलाई समेत वन कार्यालयको बारेमा थाहा नहुदा काम गर्न समस्या भएको कुम्मायक-५ स्थीत सल्लेरी सामुदायिक बनका अध्यक्ष दलबहादुर थापाले बताए ।
‘वनको कार्यालय नहुदा सामुदायिक बनको विषयमा जानकारी लिन समस्या भएको उनि बताउँछन् । जिल्लाको मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा रहेका सव डिविजन वन कार्यालयको अवस्था जीर्ण भएको डिविजन वन कार्यालय पाँचथरका प्रमुख मेघराज राइले जानकारी दिए ।
भवनको निर्माणको लागि लामोसमयदेखि रकम विनियोजन नहुदा यस्तो समस्या भएको उनले बताए । देश संघीय संरचना गएपछि अनुसार पहिले भएका ८ वन कार्यालयलाई नै राख्ने गरी स्वीकृति प्रदान भएको छ । यो समस्या लामोसमय रहदैन, स्थानीयतहसँगकाे सहकार्य मार्फत हामी अगि बढ्छौ उनले भने ।
जिल्लामा रहेका ८ वडा सब वन डिविजन कार्यालय मध्ये ३ वटा भवन जीर्ण अवस्थामा छन । अन्य ३ वटा भवनको संरचना छैनन् । हिलिहाङ गाउँपालिकाको सुभाङ र फिदिम बन कार्यालयको भवन मात्र राम्रो भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
भवनको अभावमा जिल्लाका ६ वटा वन कार्यालयहरुले कार्यालयको कामकाज स्थानीयको घरलाइ भाडमा लिएर गर्दै आएका छन् ।
































