यासोक/सुन्दा अचम्म लाग्न सक्छ, प्रविधिको य’गमा पनि मोटरसाइकल बेचेर घोडा चढ्ने भन्दा ।  पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ आङराङका भोला रिजालले मोटरसाइकल बेचेर घोडा किनेका छन् । केहीसमयसम्म मोटरसाइकल चढे पनि अहिले घोडामा यात्रा गरिरहेका छन् ।

आफ्ना बाउबाजे घोडा चढेका कारण उनी पनि घोडाप्रति नै आर्कषित बनेका छन् । घोडा चढ्न सायदै होलान् । ‘आफ्ना बाबु बाजेहरुले कुना कन्दरामा पनि घोडा चढ्ने गर्थे । अहिले सबै तिर बाटो घाटो भए पनि घोडा चढ्नुको आनन्द बेग्लै हुन्छ । कहीले काही घोडा चढेर हिड्दा बाहु बाजेको बिडो थामेको आभास हुन्छ । उनि थप्छन, मोटरसाइकलाइ त सडक चाहिन्छ ।’ तर घोडा साँगुरो बाटोमा पनि सहजै जान्छ ।

आँगनको सानो ठाउँमा घोडा बाँध्दा घरको सौर्दय बढाएको रिजालले सुनाए । तवेलामा घोडा बाधेर उसको घाँटीमा झुन्ड्याएको घण्टीको आवाजले आफुलाइ आनन्द आएको उनि सुनाउँछन् । उनिभन्छन् पहिले बाजेहरु घोडा चढेर सदरमुकाम र किमेकी इलाम पुग्थे, मलाइ पनि घोडा चढ्ने रहर थियो ।

सुरुमा घोडा किन्न खोज्दा पाइएन र मोटरसाइकल किने तर पनि मनले मानेन र मोटरसाइकल बेचेर घोडा किनेको हुँ उनले भने ।

पहाडको उकालो र ओरालोमा घोडा चढ्नुको फाइदा र सोख बेग्लै छ । उनि जिल्लाको मिक्लाजुङ, तुम्बेवा र कुम्मायक गाउँपालिकाहरुमा काम बिशेषले जाँदा घोडामै जान्छन । गाउँमा हुने विवाह, सुभकार्य तथा मरीमराउमा समेत घोडा चढेर जान्छन ।

अप्ठ्यारो बाटोमा पनि घोडा सजिलै हिड्ने भएकाले मोटरसाइकल भन्दा धेरै सजिलो हुने उनको अनुभव छ । घोडालाइ पोसीलो दाना पानीको लागि मसिक रुपमा २ हजार सर्च गर्दछन । घोडा चढ्ने परम्परा हराउँदै गएको छ ।

अहिले घोडा चढ्दा सबै अचम्म मानेर रमित हेर्ने गर्दछन । पञ्चायती व्यवस्थाको समयमा जिल्लाको अगुवाले घोडा पालेर त्यसैबाट यात्रा गर्थे । कुम्मायक(१ का जगतजंग लावतीलाइ राम्रोसंग याद छ ।

उनिभन्छन् पञ्चायत कालमा पाँचथरका स्वगीय पद्मसुन्दर लावती गृहमन्त्री भएको समयमा यासोक बजारमा घोडाबाट सवारी हुदा रमित हेर्नेको ठुलो भीड लाग्थ्यो, त्यो समयमा घरपालुवा जनावारलाइ भन्दा घोडाको स्याहार सुसार बढि गरिन्थ्यो, घर प्रतेक जस्तै घोडा पालेर चढ्ने चलन थियो लावतीले भने । गाउँमा घोडा हुनेहरु साहु माजन कहलिन्थे, उनिहरु घोडामा चढेर यात्रा गर्थे ।

तर अहिले यस्तो परम्परा हराउदै गएकोमा लावतीलाइ चिन्ता छ । यातायातको सुविधासंगै घोडा पाल्ने प्रचलन लोप हुन लागेको प्रति उनले चिन्ता ब्याक्त गरे ।