वराहक्षेत्र/बेलका नरगपालिका–७ मा बिहीबार आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय शिरबहादुर राईको फुसको छाना भएको काठको एकतले घरमा बिहीबार राति करिब ९ः४५ मिनेटमा आगलागी भएको इलाका प्रहरी कार्यलय रामपुर सञ्चार शाखाका असइ देब राईले बताए ।
आगलागीमा नगद, सुनचाँदी, अन्न, लत्ताकपडा, तथा घर बनाउँन राखिएको काठपात गरी १५ लाख रूपैयाँको क्षति भएको असइ राईले बताए । घरका सदस्यहरू २ सय मिटर पर रहेको मैनामैनी महोत्सवमा हेर्न गएको समयमा आगलागी भएको थियो ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घरधनी छोरा घरमा सुतिरहेको अवस्थामा अगेनामा रहेको आगोले माथि सुकाई राखेको कोदोमा आगो सल्किएर आगो लागेको हुन सक्ने स्थानीय ओमबहादुर राईले बताए ।
































