धनकुटा/किराँत आठपहरिया जातिको वाडाङ्गमेट पर्वको अवसरमा धनकुटामा सम्पन्न सहिद रिदिमाहाङ्ग र रामालिहाङ्ग आठपहरिया वडास्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नं.७ ले चुमेको छ ।

बुधबार सम्पन्न वडा नं.१ हिले र वडा नं.७ विच भएको फाईनल खेलमा निर्धारित समयमा २-२ गोल भए पछि टूाईव्रेकरवाट ५-४ को अन्तरले वडा नं.१ हिलेलाई हराउँदै वडा नं.७ ले उपाधी चुमेको हो । पहिलो हाफको शुरुवातीको ४५ सेकेण्डमा वडा नं.१ हिलेका जर्सी नं.२३ का निकेस तामाङले १ गोल गरेर आफ्नो टिमलाई अगाडी बढाए पनि पछिल्लो समयमा वडा नं.७ ले निक्कै दबावमा राखेको थियो ।

पहिलो हाफको १८ औं र २३ औं मिनेटमा वडा नं.७ का जर्सी नं.१२ ले लगतार २ गोल गरि दिए पछि वडा नं.१ हिले १-२ को अन्तरल पछि परेको थियो ।

दोश्रो हाफमा फेरी वडा नं.७ लाई निक्कै दबावमा राखे पनि निर्धारित समयमा गोल गर्न सकेन तथापी पनि इन्ज्युरी समयको १ मिनेट बाँकी हुँदा वडा नं.१ का जर्सी नं.११ का सवाल मल्लले १ गोल गरेर आफ्नो टिमलाई बराबरीमा पुर्याएका थिए ।

निर्धारित समयमा दुवै टिमले बराबरी गोल गरे पछि ट्राईव्रेकरबाट वडा नं.१ हिलेलाई हराउँदै वडा नं.७ ले ५-४ को अन्तरले जितसँगै उपाधी हात पारेको हो । जीतसँगै उस्ले नगद ३५ हजार, उप विजेता वडा नं.१ हिलेले २० हजार र टूफ्री, मेडल तथा प्रमाण पत्र पाएका छन् ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य निरेन राईले पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

सो अवसरमा प्रदेश सांसद आरसी तुम्वा, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, वडा नं.७ का वडाध्यक्ष जंङ्ग बहादुर आठपहरिया, वडा नं.१ वडाध्यक्ष निरेन तामाङ र वडा नं.८ का वडाध्यक्ष सुमन आठपारिया, वडा नं.४ का वडाध्यक्ष जम्शेर छारा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन किराँत आठपहरिया समाजका केन्द्रिय महासचिव सुर्य आठपहरियाले गरेका थिए ।