पथरी/ कानेपोखरी गाउँपालिकाका स्थानीय युवाहरूले स्थानीय विपन्न, लक्षित समुदायको परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।  बुधबार वडा नं. ३, स्थित राजगन टोलमा विपन्न वर्गका घरपरिवारलाई भेला गरी एक कार्यक्रम बीच न्यानो सिरक वितरण गरिएको हो ।

न्यानो कपडा वितरण तीन दिन चल्ने छ । पहिलो दिन वडा नं. ३ र २ का १ सय ६० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको न्यानो अभियानका संयोजक विवेक लिम्बूले बताए । ५सय ५० रुपैयाँ पर्ने ३ केजी रुवाबाट निर्माण गरिएको सिरक एक घरपरिवारका सदस्यले एउटा न्यानो सिरक पाएका थिए ।

बाँकी रहेको ५, ६, ७ र ४ वडामा रहेका गरिब तथा सीमान्तकृत वर्गका समुदायको पहिचान गरी घर–घरमै गएर उनीहरूलाई कम्बल वितरण गरिने कार्यक्रमसमेत रहेको संयोजक लिम्बूले बताए ।

न्यानो सिरक वितरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, मोरङ जिल्ला प्रहरी प्रमुख मनोज केसी, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईं, वडा नम्बर ३ का वडा अध्यक्ष कीर्तिमान मादेनको हातबाट न्यानो सिरक वितरण गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी सन्तोष फुयल, सुनिल पराजुली, महेन्द्र बोहोरालगायत उपस्थितिमा न्यानो सिरक वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति मोरङका प्रमुख जिल्ला अधिकारी केसीले समाज, समुदायस्तरको अमनचयन, शान्ति र प्रगतिका लागि यस्ता प्रकारका सहयोगले समाजमा सकारात्मक भूमिका खेल्ने बताए । जिल्ला प्रहरी प्रमुख मनोज केसीले न्यानो अभियानको प्रशंसा गरेका थिए ।

वडाध्यक्ष मादेनले न्यानो कम्बल वितरण कार्यक्रम समयसापेक्ष भएको बताए । उनले यस्ता कार्यक्रममा वडा कार्यालयले हातेमाले गर्दै अगाडि बढ्ने बताए ।  अभियानले १ लाख ४२ हजार ४ सय २५ रुपैया सङ्कलन गरेको थियो ।

अभियानमा काजी फुयालले २५ हजार, डिल्ली सिटौलाले १० हजार, शिव पन्थी १० हजार, दीपक तिम्सिना १० हजार, सन्तोष फुयाल १० हजार, दीपक पराजुली ५ हजार, सुनिल पराजुली ५ हजार, गोपी शेर्मा ५ हजार, राजेन्द्र रेग्मी ३ हजार, सरोज योङहाङ ५ हजार, मनोज थापा १० हजार १ सय ५०, विमल लिम्बू ५ हजार, लेखनाथ श्रेष्ठ १० हजार, दीपक राई ५ हजार १ सय, शरण योङहाङ ५ हजार, खगेन्द्र बराइली ३ हजार, मातृका कोइराला ३ हजार १ सय, चन्द्र पौडेल ५ हजार १ सय, गोपाल कोइरालाले ३ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।