विराटनगर/मोरङको बुढीगंगा गाउँपालिकामा ६ स्थित नारायण माविको प्रङगणमा ‘बुढीगंगा युवा सम्मेलन’ हुने भएको छ ।
जन जागृति युवा क्लबको आयोजनामा पुस ६ र ७ गते बुढीगंगा युवा सम्मेलन हुने बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । ‘समृद्ध राष्टू निमार्णमा नेपाली युवाहरूको भुमिका दायित्व र अवसर’ भन्ने मुल नाराको साथ सुरु हुन लागेको सम्मेलनमा बुढीगंगा गापाका ५ सय युवाहरूको सहभागि गराउने आयोजक समितिको अध्यक्ष मकर बुढाथोकीले जानकारी दिए ।
‘दुई दिनसम्म संचालन हुने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले युवालाई प्रशिक्षण दिनेछन्,’ अध्यक्ष बुढाथोकीले भने, ‘यस सम्मेलनले युवाको क्षमता अभिवृद्धी गर्दछ ।’ सम्मेलनको उद्घाटनको दिन शुक्रबार साँस्कृतिक कार्यक्रम हुनेछ भने दोस्रो दिन शनिबार विहानदेखि युवहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने आयोजक समितिको सचिब रीता न्यौपानेले बताइन् ।
सम्मेलनमा युवाहरूलाई प्रशिक्षण उद्यमशिलताको क्षेत्रबाट लक्ष्मी गिरी, बसन्त अधिकारी र अन्य विभिन्न क्षेत्रको बारेमा सीता पोखरेल, अशोक चौधरीलागयत काठमाण्डौबाट आएकाहरूले समेत दिने बताइएको छ ।
जन जागृति युवा क्लबले पहिलो पटक आयोजना गर्न लागेको उक्त सम्मेलन अहिलेको युवा पुस्ताहरूको निकै लाभदाही हुने आयोजको भनाई छ । ९ देखी १० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
सम्मेलनको उदघाटनको दिन हाँस्यकलाकार मनोज गजुरेल र गायक साजन राईको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रमको संयोजक रमेश भट्टराईले बताए ।
































