धरान/ इलाका प्रहरी कार्यालय धरानले गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

धरान १५ होलिल्याण्ड स्कुल छेउबाट गाँजा बिक्री गर्दै गरेको अवस्थामा मंगलबार प्रहरीले भोजपुर हतुवागढी गाउपालिका–६ का जसकुमार राईलाई पक्राउ गरेको हो । उनको साथबाट एक केजी गाँजासमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानमा डिएसपी सुमन तिम्सिनाले बताए ।

उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी लागू औषध मुद्दामा अनुसन्धान भइरहेका डिएसपी तिम्सिनाले बताए ।