वराहक्षेत्र/ वराहक्षेत्र नरगपालिका–४ स्थित पिडारीमा आगलागी हुँदा करिब ७० मन धान र पराल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार करिब ८२ हजार रूपैयाँ बराबरको क्षति भएको छ । मङ्गलबार राति मेघराज पराजुलीको घर नजिकै रहेको धानको थुप्रो आगलागी भएको ईलाका प्रहरी कार्यलय सञ्चारका प्रहरी जवान रणबहादुर राईले बताए । आगलागी करिव एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
आगो कसरी लाग्यो भन्ने कारण खुल्न सकेको छैन । घर भन्दा ४ मिटर मात्र टाढा रहेको धानको टेढीको वरिपरी पेट्रोलियम पदार्थ छर्किएर नियतवस आगो लगाएको जस्तो देखिने आगलागी पीडित पराजुलीको भनाइ उदृत गर्र्दै स्थानीय अच्युत भट्टराईले जानकारी दिए ।
आगलागीको कारणबारे ईलाका प्रहरी कार्यलय चmक्रघट्टीले अनुसन्धान गरिरहेको छ ।
































