सिरहा/ सिरहाको कर्जन्हा नगरपालिकाको सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

कर्जन्हा नगरपालिका–१ को नन्दबाबा सामुदायिक वन क्षेत्रमा लागेको डढेलो दुईघण्टा पछि नियन्त्रणमा लिइएको हो । स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी तथा वन कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको डिभिजन वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए । वनमा अन्दाजी ५ हेक्टरमा डढेलो लागेको थियो ।

वनमा हालसालै वृक्षरोपण गरिएकाले नयाँ विरुवामा क्षति पुगेको बताइएको छ ।