दमक/ झापा र मोरङको सीमानामा रहेको मावा खोलाबाट चाहिनेभन्दा बढी खोला उत्खनन् भएपछि बस्तीमा पानीको सङ्कट चुलिदो छ ।

मावाखोलामा झापा, मोरङ र इलाम जिल्लाले संयुत्त रुपमा ठेक्का लगाउदा अत्यधिक नदी दोहन भएपछि पानीको सतह गहिरिएर नदीको दाँयाबाँयाको जमिन सुक्न थालेको हो । मावा खोलाको नजिकै घर भएकी इलामको मिक्लाजुङ ९ महेश चौक निवासी भिमकुमारी बुढाथोकीको घरको पानी तान्ने ट्युवेलमा यस बर्ष देखि पानी आउन छाडेको छ ।

घर वरिपरिको खेत सबै सुख्खा भएको छ । उनको जस्तै मावा खोलाको पूर्व नजिकै बसोबास गर्ने दमक नगरपालिका ३ निवासी पुर्णबहादुर धमलाको समेत यस बर्षदेखि ट्युवेलमा पानी आउन छाडेको छ । 

हिले सुख्खा मौषम सुरु हुदै नदी किनारका रुखपात सुक्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । नदीको किनारमा हरियाली हुने वन यस बर्षदेखि मर्न थालेका छन् । यसरी प्रारम्भिक वातावरणीय परीक्षण (आइ इई) को लाई ख्याल नगरी उत्खनन् हुँदा खोला आसपास क्षेत्रमा प्रत्यक्ष बातारणिय असर देखा परेको हो ।

गत आथिर्क बर्षमा झापा, मोरङ र इलाम जिल्ला भिन्दाभिन्दै ठेक्का लगाएपछि अत्याधिक नदि दोहन भएर नदि गहिरिएपछि आसपास क्षेत्रमा पानीको स्रोत सुक्न थालेको छन् । गत वर्ष आई इ ई रिपोर्ट बिपरित जिल्ला समन्वय समितिहरुले आफ्नो तरिकाले ठेक्का लगाउदा ठेकदारले जेसीभि र स्क्याभेटर लगाएर नदीजन्य बस्तु उत्खनन् गरेका थिए ।

मावा नदिमा कुल एक मिटर भन्दा गहिरो खन्न नपाइएने आइ इ इले रिपोर्ट दिएपनि जिससले सम्झौता भन्दा झण्डै तीन गुण बढीमा ठेक्का लगाएका थिए । जसका कारण ठेकदारबाट आफुखुशी नदीजन्य बस्तु ढु्ङ्गा, गिट्टी, बालुवा उत्खनन् गरिएको थियो ।

यसरी उत्खनन् हुँदा करिव नदी साविक पानी बग्ने स्थानभन्दा करिव १० देखि १५ मिटरसम्म गहिरो गरि उत्खनन् गरिएको थियो । गत बर्ष अत्यधिक उत्खनन् गरिएका कारण यो बर्ष नदीको पानी धेरै गहिरिएर बगेको प्रयक्ष देख्न सकिने दमक नगरपालिका वडा नं ३ का वडाध्यक्ष नविन बराल बताउँछन् ।

यसै क्रममा गत वर्ष स्थानीयले उत्खनन्को बिरोधमा आन्दोलन समेत गरेका थिए । गत आर्थिक बर्षमा झापा जिल्लाका नदीमा ५ करोड ९३ लाखमा ठेक्का लगाउन सकिने आइ इ इको रिपोर्ट दिएको थियो ।

तर झापा जिल्ला समन्वय समितिले गत आर्थिक वर्षमा १० वटा खोलाको कुल १३ करोड १३ हजारमा ठेक्का लगाएको थियो । जिल्ला समन्वय समितिले यसलाई वेवास्ता गर्दै आफुखुशी ठेक्का लगाएपछि नदीमा जताततै ठुला खाल्डा हुने गरी एकै स्थानमाबाट सयौँ टिूपर ढुङ्गा बालुवा निकाली थियो ।

यसरी ठेक्का लगाइएका खोलाको बीचदेखि एक देखि डेढ मिटर भन्दा गहिरो बनाउन पाइने छैन भने चौडाई ३० मिटर देखि ४५ मिटर भित्रमात्र उत्खनन् गर्न पाइने नियम छ । यता मोरङ जिल्ला समन्वय समितिले समेत ९ वटा खोलाको २७ करोड २१ लाखमा ठेक्का लगाएको थियो ।

नदीको सिमाना स्वामित्वमा बिबाद
देश संघीयतामा गएसँगै जल, जमिन र जंगल स्थानीय तहको मातवतमा आएको । यसरी स्वामित्व आएपछि झापाको दमक र मोरङको उर्लाबारी नगरपालिका बीचमा ठेक्का लगाएको खोलाको सिमानाको बिषयमा बिबाद हुँदा नदीजन्य वस्तु उत्खनन् अत्यधिक भएको छ ।

उर्लावारी र दमक नगरपालिकाको सीमानामा पर्ने मावा खोलाको ठेक्का लगाएपछि दुवै नगरपालिका बीचमा बीबाद भएको हो । दमक नगरपालिकाले नदीको पानी बग्ने स्थानलाई बीच मानेर दाँयाबाँया १५/१५ मिटर क्षेत्रभित्रमात्र उत्खनन् गर्ने भन्ने आन्तरिक सहमति भएको थियो ।

तर उर्लाबारी नगरपालिकाको ठेक्का बढीमा लगाएका कारण ३० मिटर क्षेत्रमा नै एकलौटी उत्खनन् गर्न थालेपछि बिबाद भएको दमक नगरपालिका वडा नं ३ का वडाध्यक्ष नविन बरालले बताए ।

यस बिषयमा मंगलबार उर्लाबारी नगरपालिकामा झापा जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेल र मोरङका जिल्ला समन्वय समितिका सभापति नरेश पोखरेल र दुवै जिल्लाका जिल्ला प्रशानसन कार्यालयका प्रमुख सहित सरोकारवाला नगरपालिका समेतको छलफलमा सम्झौता अनुसार उत्खनन् गर्ने सहमति समेत भएको छ ।

मोरङबाट उर्लाबारी नगरपालिकाले ठेक्का लगाएको छ भने झापाको दमक नगरपालिका सहित इलामको मिक्लाजुङ र चुलाचुलीले संयुत्त, रुपमा ठेक्का लगाएका छन् । नदी अत्यधिक दोहन भएपछि स्थानीय तहबाट नै आगामी वर्ष खोला ठेक्का नलगाउने बिषयमा समेत छलफल भएको छ ।