रङ्गेली । देशको अहिलेको अवस्थामा जनताले मौलिक हकको अनुभूति गर्न नसक्ने प्रदेश १ का सांसद्हरूले बताएका छन् । नेपाली जनताले मौलिक आधिकार भनेको नै नबुझेको अवस्थामा कार्यान्वयन सम्भव नभएको बताएका हुन् ।
प्रदेश १ का सांसद् लिलाबल्लभ अधिकारीले मौलिक हक र गरिबी निवारणका धेरै कार्यक्रम आए पनि त्यसले तात्विक परिवर्तन नल्याएको बताए । आमजनता आफ्नो कामको लागि कुनै पनि निकायमा जाँदा आफ्नो मौलिक अधिकार हो भन्ने बोध नहुँदासम्म त्यसको खासै फरक नपर्ने बताए । अर्का सांसद् कुलप्रसाद साम्बाले मौलिक हक रोजीरोटीसँग जोडिएको विषय भएको बताए ।
सामाजिक कोष र संसद् विकास कोषको रकम कार्यकता पाल्ने मेलोमा मात्र भएको उनले बताए । ‘पहिला एउटा मात्र सिंहदरावार थियो ।’ उनले भने ‘अहिले गाउँ–गाउँमा आएको सिंह दरबार गनाउने अवस्था भएको छ ।’ उनले मानव अधिकार पैसासँग साटिएको होकी भन्दै प्रश्न गरे ।
सांसद् जयराम यादवले प्रदेश १ मा मौलिक हकको खासै प्रभावकारी रूपमा लागू हुन नसकेको बताए । उनले मौलिक हक कार्यान्वयमा प्रदेश १ सभाले पनि खासै भूमिका निभाउन नसकेको जिकिर गरे । वैदेशिक रोजगारीमा जानको परिवार बिचलनमा रहेको बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई रोक्नुपर्ने बताए ।
मौलिक हक कार्यान्वयनमा प्रदेश सरकार तथा संसदको भूमिका र प्रदेश आप्रवासी कामदार र तिनका परिवारको अवस्थता विषयक अन्तरक्रियामा सांसद् उमिता बराइलीले आर्थिक लिप्तताले मौलिक हक कार्यान्वयनमा जटिलता थपेको बताइन । उनले हक र अधिकार कार्यान्वयन गराउने निकायमा आर्थिक प्रलोभनमा पर्ने गरेको जिकिर गरिन् । उनले पर्यटन र कृषी क्षेत्रका रोजगारीका अवसरहरू सिर्जना गराउनुपर्ने बताइन् । उनले रोजगार दाता नै ठूलो हुने भएकाले निजी क्षेत्रको प्रवद्धनमा जोड दिनुपर्ने बताइन् ।
सांसद् चुमनारायण तपदारले उद्योगको उत्पादनको कारोबार गर्ने सबैले कमिसन पाउने गरे पनि किसानले आफ्नो श्रम र लगानी अनुसारको पाउँन नसकेको बताए । किसानको उत्पादनले सही मूल्य पाए धेरै अधिकार कार्यान्वयन हुने बताए । त्यसैगरी नेकपाका प्रमुख सचेतक सांसद् बुद्धिराज भण्डारीले सरकारले मौलिक हक क्षेत्रमा काम गरिरहेको बताए । उनले अधिकार कार्यान्वयमा सबैको दायित्व बराबर भएको बताए ।
सभामुख प्रदीपकुमार भण्डारीले अधिकार कार्यान्वयनका लागि प्रदेशसभाले आवश्यक नीति तथा कार्यक्रम बनाउने बताए । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले एक अर्कोलाई सम्मान गर्ने वातावरण बने धेरै समस्या समाधान हुने बताए । उनले कृषी, पर्यटन र मिल्ने उद्योगमा क्षेत्रमा काम गर्न आवश्यक रहेको बताए ।
अन्तरक्रियामा प्रदेश १ का महान्यायधिवक्ता चूडामणि आचार्यले हामी भएर जान सक्यो भने धेरै समस्या समाधान गर्न सकिने बताए ।
कार्यक्रमा सामाजिक विकास मन्त्री जीवन घिमीरे, प्रदेश १ का मुख्य सचिव केदार न्यौपानले मौलिक हकको कार्यान्वयनमा प्रदिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिले समेत मौलिक हकको कार्यान्वयनको सम्बन्धमा आफ्नो धाराणा राखेका थिए ।