अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (इयु) बाट हुने आयातमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीका अर्थमन्त्री लार्स क्लिङबिलले आइतबार अमेरिकासँग ‘गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन्।

ट्रम्पले शुक्रबार ‘छलफल (इयुसँग) कतै पुगेको छैन’ भन्दै धम्की दिनुभयो र जुन १ देखि भन्सार शुल्क लागू हुने बताए। यदि लगाइयो भने तिनीहरूले वासिङ्टनको हालको आधारभूत १० प्रतिशतको भन्सार शुल्कलाई नाटकीय रूपमा बढाउनेछ र विश्वका दुई आर्थिक महाशक्ति बीच बढ्दो तनावलाई उत्तेजित पार्नेछ।

क्लिङबिलले बिल्ड अखबारलाई ‘हामीलाई थप उक्साहटको आवश्यकता छैन, तर गम्भीर वार्ता चाहिन्छ’ र आफूले यस विषयमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग कुरा गरेको बताएका छन्। शुक्रबार ट्रम्पले युरोपमा युद्धपछिको शान्तिलाई सुनिश्चित गर्न परिकल्पना गरेको युरोपेली सङ्घ ९इयु० ले ‘हाम्रो फाइदा लिन एकजुट भएको’आफ्नो लामो समयदेखि रहेको दृष्टिकोण दोहोर्‍याउँदै आफूले ‘सम्झौता नखोजिरहेको’ बताएका छन्।

क्लिङबिलले भने, “अमेरिकी भन्सार शुल्कले अमेरिकी अर्थतन्त्रलाई जर्मन र युरोपेली अर्थतन्त्र जत्तिकै खतरामा पारेको छ।”नयाँ विश्वव्यापी आर्थिक अवरोधको डरबीच ट्रम्पको टिप्पणीपछि सेयर बजारमा गिरावट आएको छ।अमेरिकी डलरमा पनि गिरावट आएको छ।

इयुका व्यापार प्रमुख मारोस सेफकोभिकले ट्रम्पप्रति प्रतिक्रिया दिँदै भने, “ब्लक दुवैका लागि काम गर्ने सम्झौता सुरक्षित गर्न प्रतिबद्ध छ र व्यापार सम्बन्ध आपसी सम्मानद्वारा निर्देशित हुनुपर्छ, धम्कीहरूद्वारा होइन ।”क्लिङबिलले अमेरिकासँगको वार्तालाई सम्बोधन गर्न इयुलाई जर्मनीको समर्थन रहेको दोहोर्‍याए। “युरोपेलीका रूपमा हामी एकताबद्ध छौँ र हाम्रो हितको प्रतिनिधित्व गर्न कटिबद्ध छौँ”, उनले भने।