श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ ११ गते आइतबार, २५ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि १३ः४९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्विनी ०९ः२५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः१२ बजे र सूर्यास्त ०६ः५० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक यात्राको प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सहयोगी जुट्नाले काममा उत्साह जाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिहानको समय फलदायी रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम बन्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि दौडधुप गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भैपरी आउने समस्याले खर्च बढ्नेछ भने खर्च गर्ने बानीले सञ्चित रकम सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।दिनभरि अरूका समस्या सुल्झाउन अल्मलिनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कामले अवसर दिलाउन सक्छ। आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामा प्रवृत्त गराउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ।