तेह्रथुम किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला कार्यसमिति अध्यक्षमा लोकबहादुर सिङ्गक निर्वाचित भएका छन्। शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। 

समितिको उपाध्यक्षमा बलदेब तुम्बाहाङफे र कल्पना सम्बाहाङफे, सचिवमा राजकुमार तेयुङ तरेबा, सहसचिवमा सुविन्द्र थेगुवा र नारान आङलाबाङ,कोषाध्यक्षमा राजकुमारी लिम्बू चयन भएका छन्।सदस्यमा रेवत सावादेन, पार्वती तेयुङ,रितुराज थेगुवा,याम लिम्बू,नीरकुमार लिम्बू, अरुना सिङ्गक,महोन सिङ्गक र करिना थलङ चयन भएका हुन्।

 अधिवेशनको उद्घाटन प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका सङ्घीय उपाध्यक्ष कमला फोम्बोले गरेका थियो। सो अवसरमा किरात याक्थुङ चुम्लुङ तेह्रथुमले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधि समेटिएको स्मारिका पनि विमोचन गरिएको निवर्तमान अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए।