विजयपुर/ महिला हिंसाविरुद्धको १६ दिने अभियान धरानमा आइतबारदेखि शुरू भएको छ ।

‘लैगिक हिंसा अन्त्यका लागि सबै जुटौ कोही नछुटौ’ भन्ने मूल नाराका साथ शुरू भएको अभियानको प्रदेश १ की सांसद् सावित्री श्रेष्ठले उद्घाटन गरिन् ।

सांसद् श्रेष्ठले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुक नयाँ संरचनामा गए पनि परिवर्तन हुन धेरै समय लाग्ने बताइन् ।

उनले नेपालको संंविधान २०७२ मा महिला अधिकारका कुराहरूलाई प्राथमिकतामा राखे पनि व्यवहारमा अझै लागू नभएको बताइन् ।

महिला सञ्जाल धरान नगर समितिको आयोजना तथा इलाका प्रहरी कार्यालयका समन्वयमा भएको कार्यक्रममा महिला सञ्जाल धरानकी पूर्वअध्यक्ष मिना पुलामी, धरान उपमहानगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत गणेशप्रसाद खतिवडा, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मेदनीप्रसाद साह, धरान उपमहानगरपालिकाका कामु प्रमुख तथा १५ नम्बर वडाध्यक्ष नरेश इवारमले अभियान औपचारिकतामा मात्र सीमित नभई यसले सार्थकता पाउनुपर्ने बताएका छन् ।

महिला सञ्जल धरानकी अध्यक्ष सविता राईको अध्यक्षतामा भएको अभियान उद्घाटन कार्यक्रमको सञ्चालन सचिव कोपिला भट्टराईले गरेकी थिइन् ।

अभियान अन्तर्गत उद्घाटनसँगै सोमबार अर्थात् मङ्सिर १० देखि २३ गतेसम्म धरानका २० वटै वडाका १ सय ५२ टोल विकास समितिसँग महिला हिंसा न्यूनीकरण लागि गरिएका प्रयासका विषयमा अन्तरक्रिया, मङ्सिर ११ देखि १७ गतेसम्म धरानको निकेतन, पब्लिक, सदन, ज्ञानोदय, सियोन र विष्णु माविमा इलाका प्रहरी कार्यालय धरान र महिला सञ्जालको लागूऔषध तथा यौन दुव्र्यवहारविरुद्ध प्रतिकार अणुशिक्षण कार्यक्रमका आयोजना गरिने भएको छ ।

त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिकामा अवस्थित भूटानी शरणार्थीहरूले पनि शिविरमा र्याली निकालेका छन् ।

शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग, लुथरन विश्व फेडेरेशन, सेल्फहेल्प ग्रुप, पथरीशनिश्चरे नगरपालिका सहितको सहकार्यमा दिवश मनाउने क्रममा शरणार्थीले र्याली निकालेका हुन् ।

उदयपुरको बेलका नगरपालिमामा पनि महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरेको छ ।

अभियानमा स्वास्थ्य शिविर, लैङ्गिक हिंसा सम्बन्धी शिक्षा, सडक नाटकलगायत कार्यक्रम गर्ने भएको छ । बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले बताए ।

आर्थिक वर्षमा नगरपालिकामा महिला हिंसाको विभिन्न ५६ वटा मुद्दा दर्ता भएको बताउूदै उपप्रमुख चौधरीले सबैभन्दा बढि, घरेलु हिंसा अन्तर्गत सानै उमेरमा विवाह भएर लोग्ने वाट श्रीमती कुटपीटको घटना दर्ता भएको बताइन् ।

भने अन्य सिमा विवाद,लेनदेन,छिमेकी र जग्गा विवादको घटना आएको भन्दै दाईजो र बलत्कार नआएको बताइन् । पिडित महिलाले घटना हुूदा पहिला काहाू जाने कसरी जाने भन्ने दुविधा रहेको थियो तर अहिले स्थानिय सरकारले नै घटना हेर्ने थाहा पाउूदै गएपछि महिलाहरुमा घटनाको विरुद्धमा सचेतना बढ्दै गएको उनले बताइन् ।

स्वास्थ्य स्वयं सेविका र महिला क्षेत्रमा काम गर्ने मेलमिलाप महिला बुहउद्देश्यीय सहकारी संस्थाकी सचिव नानुमैया घिमिरेले महिलाको घरेलु कुटपीटको घटना हुनुमा वित्तिय संस्था वाट लिएको ऋण तिर्ने समयमा श्रीमान श्रीमती विच हुने किचलो प्रमुख कारण भएकोले ऋण लिनु भन्दा भन्दा पनि महिला लाई स्वरोजारी श्रृजना गरिनु पर्ने बताईन् ।