
वराहक्षेत्र । अधिकांश साहित्यकारहरूको साहित्यिक यात्रा कविता लेखनबाट शुरु भएको पाइन्छ । मान बज्राचार्यले पनि आफ्नो साहित्यिक यात्राको शुरुवात कविता लेखनबाट गरे । वराह भगवान्को स्तुति गानबाट शुरु भएको बज्राचार्यको यात्रा अनवरत छ । सङ्घर्षहरूबाटै शुरु भएको बज्राचार्यको साहित्यिक यात्रामा आरोह–अवरोह आए । कवि भन्छन्, मेरो साहित्यिीक जीवनको शुरुवात मैले लेखेको सानो २० पेजको पुस्तिका प्रकाशन गर्ने हुटहुटीबाट शुरु भएको मान्छु । त्यतिखेर चतरामा रहेको भारतको केन्द्रिय सरकारको कोशी प्रोजेक्टका मेरा अत्यन्य मिलनसार मित्र जनक ठाकुरलाई देखाए, त्यती खेर नेपालमा छपाई हुूदैन्थ्यो । अनि यातायातको साधन पनि थिएन् ।
ठाकुरले मलाई, भारतको जोगबनीमा बीआर प्रिन्टीङ छ, त्यही छपाऔं भने अनि उनले मलाई साईकलमा राखेर धरान वाट ईटहरी हुूदै विराटनगर अनि जोगबनी पुर्याए । त्यहाू ९६ रुपैंयामा श्री बराह भगवानको प्रार्थना नाम भएको पुस्तिका छपाए । त्यो नै मेरो पहिलो पुस्तक थियो । यो सबै बराह भगवानको कृपाले गदौ नै मैले लेख्न थालेको हुू उनी भन्छन् ।
त्यती खेर हाम्रो परिवार अहिलेको वराहक्ष्ँेत्र मन्दिरको बगरमा बस्थ्यो । मैले छपाएको हजार प्रति त्यो सानो पुस्तक सबै बिक्री भयो । झक्तहरुले किनेर लगे । वराहँक्षेत्र आएका हिन्दुस्तानी झक्तहरुले हामीले बुझ्ने भाषमा समेत वराह भगवानको प्रार्थना लेख्न आग्रह गरे अनि २०१२ सालमा हिन्दीमा ३६ पेजको बराह भगवानकी धाम की किर्तन लेखे ।
त्यस पछि लगातार लेख्न थाले त्यसै साल नेपालीमा आमा सूग धनकुटा लगायतको स्थानमा घुम्दै जाूदासाल मा नै मान बज्राचार्यको नौलो प्रकाश, नेपाली राष्टिूय झ्याउरे गीत प्रकाशन गराए ।१४ सालमा धरानका सानुकाजी सूग बनारस गएको थिए । त्याहाू को ओल्ड छिना बजार घुम्दै गर्दा मान्छे ले तान्ने रिक्सावाला रोएको देखेर असह्य भई करुण रसमा डुबेर नौलो संगीत कवितात्मक पुस्तक लेखे । उनी भन्छन्,शार्दुल विक्रीडित, शिखरिणी छन्द, अनुष्टुप, सग्रधारा उनलाई मन पर्ने छन्दहरु हुन् । यहि छन्दहरुका माध्यम वाट शब्दलाई उनेर माला बनाउूदै उनले विभिन्न साहित्यीक रचनालाई पस्केका छन् ।
तपाई कति पुस्तक प्रकाशित गर्नु भयो त ? भन्दा उनी भन्छन् । २०७३ वैसाखमा साहित्यिक धार्मिक अभियान १ देखि ४ शहिदहरु तथा १०६ औं विश्व नारी दिवस विशेष राष्टिूय विभुति साहित्यिक प्रतिभा १ देखि ४ कृति यस्तै,वराहँक्षेत्र तिर्थ पद्धति युग दर्शन,पितृ रस दर्शन बराहक्षेत्र महिमा परिचय जस्ता कृति गरी ५४ वटा कृति पुस्तकहरु प्रकाशित भएका छन् । अहिले ५५ औं पुस्तकको रुपमा, २ सय ६४ पेजको तेश्रो साहित्य सृष्टा कृतिको तेश्रो खण्ड र ८ वटा पाण्डुलिपि छपाईको क्रममा रहेको उनी बताउूछन् । उनको हजारौं लेख,कथा,कविता,गीत समिक्षा निबन्ध पत्रपत्रिकामा प्रकाशित छन् । त्यस बखत शिक्षाको पहुूच जनतामा अझै पुगीसेकेको थिएन् , विद्यालयहरुको अभाव कायमै थियो ।
पहाडका दुर्गम भेगका जनतामा शिक्षाको ज्योति पु¥याउून उनले २०१७ सालमा १५ हजार र २० सालमा १० हजार सजिलो नेपाली वर्णमाला छपाएको उनी बताउूछन् । तत्कालिन सिडीयोहरु टिकाराम अर्याल र राम प्रसाद खतिवडा यस्तै प्राज्ञ दधिराज सुवेदी र झापाका प्रेमप्रकाश फलाहारी ले, हामी तपाईको वर्णमाला पढेर साक्षर भएको सुनाउूने गरेको उनले बताए । महाकविको मुनामदन जस्तै सजिलो नेपाली वर्णमाला भएको बताउूछन् ।
त्यसो त आफुले मेहनेत गरेर लेखेको सबै कृतिहरु मन पर्छन तर पनि उनलाई आफ्नो प्रकाशित पुस्तकहरुमा सबै भन्दा मन पर्ने धार्मिक,शिक्षा राजनैतिक र साहित्य बसन्त श्रवण लाई समिक्षकहरुले निकै मन पराएको उनी भन्छन् ।उनको दिनको शुरुवात ब्रह्मामुर्हुतमा शुरु हुन्छ , उनी विहानै ३ देखि साढे ३ वजेको समयमा सधैं उठने गर्दछन् , त्यसपछि एक घण्टा ध्यानमा बस्छन् । ध्यान पछि स्नान आदि नित्य कर्म गरे पछि विहानको खाजा खाएर लेख्न बस्छन् । लेख्न बसेपछि समय गएको पत्तै हुूदैन् । लेख्न बसेपछि भगवानको कृपाले धाराप्रवाह विचारहरु प्रस्फुटन हुूदै जान्छ अनि त्यसलार्इृ लिपिवद्ध गर्दै जान्छु उनी भन्छन् ।
कहिले काही लेख्नमा यति तल्लिन हुनुहुन्छ की खानै बिर्सनुहुन्छ छोरी पूर्णशोभा बज्राचार्य बताउूछिन् । विहान देखि लेख्न बसेपछि बुबा दिउूसो गएर सांझ परेको समेत थाहा हुूदैन् । गएर भनेपछि मात्र उठनुहुन्छ उनी भन्छिन् । कवि वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ बयरबनमा बसोबास गर्दछन् । यस अघि विराटनगर,४ उदयमार्गमा समेत घर भई बस्दै गरेका उनी अहिले सधैका लागि आफ्नो पहिलो कर्मभुमि वराहक्षेत्र फर्किएको उनी बताउूछन् । उनले २००७ सालमा वराहक्षेत्रको सप्तकौशिकी नदीमा पहिलो पटक बोलबमको सञ्चालन गराए भने २०५४ सालमा वराहक्ष्ँेत्रको अन्तेष्टी स्थल दुर्वासाघाटमा पहिलो पटक ८ लाखको लागतमा धर्मशाला निर्माण गराएका हुन् ।
भने विष्णुपादुकामा श्राद्ध गर्ने परम्पराको शुरुवात गर्ने प्राचिन हरिद्वार चतराधाममा पहिलो कुम्भ लगाउून नेपालका प्रथम जग्दगुरु वालसन्त मोहनशरण महाराज लाई प्रोत्साहित गर्ने पहिलो व्यक्ति नै कविमान भएको जग्दगुरुले आफ्नो पुस्तक श्री सप्तकौशिकी माहात्म्यमा उल्लेख गरेका छन् ।