विराटनगर/ सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा शुक्रबारसम्म ४६ जना प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका छन् ।

मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक बहसमा’ प्रतिबादीतर्फका कानुन व्यबसायीहरुले शुक्रबारमात्र चार जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

प्रतिवादीतर्फको कानुन व्यबसायीहरुले बहस सुरु गरेको छैठौ दिन शुक्रबार वरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवर्तीले सुन व्यापारी राजेन्द्रकुमार शाक्यको बहस गरे । अधिक्तवता विकास थापाले हेमन्त गौतम, राजन कुमार, बालकृष्ण श्रेष्ठ, तुलाराम थारु, राजेन्द्र कुमार शाक्यको पक्षमा बहस गरे । त्यस्तै इश्वर पौडल र सुदिप कुमार थापाले पूर्व डिआइजी गोविन्द निरौलाको प्रतिरक्षा गर्दै बहस गरेका थिए ।

उनीहरुले बहस गर्दै २०६६ मा सर्वोच्व अदालतले प्रतिपादन गरेको नजिर अनुसार अपराधी गर्ने व्यक्तिसँग हिड्दैमा कसैलाई दोषि ठहर गर्दै अभियोग नलागनुपर्ने तर्क राखे ।

यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जनाको तर्फबाट ६८ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् । प्रतिबादीतर्फबाट बहस सकिएपछि न्यायधिसले आदेश दिनेछन् । थुनछेक बहसबाट पूर्व पक्षमा थुना पठाउने की, धरौटिमा छोड्ने वा सादा तारिकमा छोड्ने आदेश हुनेछ ।