विराटनगर/ सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका कानुन व्यबसायीले बिहीबारसम्म ४२ जनाले बहस गरेका छन् । मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक बहसमा’ प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले सुरु गरेको पाँचौ दिन बिहीबार सात जना कानुन व्यबसायीहरुले मात्र बहस गरे । अन्य दिनको तुलनामा भन्दा पाँचौ दिन कम संख्यामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।
बिहीबार राजु महर्जनको पक्षमा हेमराज पन्तले बहस गरेका थिए । एलपी भन्ने लालबहादुर मगरको पक्षमा अधिवक्ता मुक्तिानाथ सुवेदी र यज्ञप्रसाद सिवाकोटीले बहस गरे । भुजुङ्ग गुरुङको पक्षमा देवी बहादुर घिमिरेले बहस गरेका थिए । त्यस्तै अधिवक्ता शंकर थापाले डियसपी प्रजित केसी र अमरमान डंगोलको पक्षमा प्रतिरक्षा गर्दै बहस गरेका थिए । पूर्व डिआइजी गोविन्द निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौला र रमेश कोइरालाले बहस गरेका थिए ।
उनीहरुले प्रतिवादीतर्फबाट बहस गर्दै अभियुक्तहरुको प्रतिरक्षा गर्दै बहस गरे । यस अघि ३५ जना प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले अभियुक्तको बचाउँदै गर्दै बहस गरिसकेका छन् ।
बादीको तर्फबाट सरकारी वकिलहरुले बहस शुक्रबार सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले आइतबारदेखी थुनछेक बहस सुरु भएको हो । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तहरुको तर्फबाट ६८ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।