पानवारी । धरान–१ स्थित राधेश्याम मन्दिरमा सात दिने भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

राधेश्याम महिला जागरण समूह धरानको आयोजनामा २०७५ साल जेष्ठ २ गतेदेखि जेष्ठ ९ गतेसम्म महायज्ञ हुने भएको विहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । महायज्ञको भागवत कथावाचिका पण्डित राधिका दाशीको मुखाराविन्दुबाट हुने आयोजक समितीका कार्यक्रम संयोजक कोपिला भट्टराईले बताइन् । कथावाचिका पण्डित महिला भएकाले भट्टराईले महायज्ञ सम्पन्न गर्न महिलाहरुले गरेको प्रयासलाई सहयोग गरिदिनु हुन धरानवासीलाई आग्रह समेत गरेकी छन् ।

संयोजक भट्टराईका अनुसार महायज्ञको उद्घाटनको दिन जेष्ठ २ गते अनन्त श्री विभुषित जगतगुरु श्री बालसन्त मोहनसरण देवाचार्यले विहान प्रबचत गर्ने जनाइएको छ । महायज्ञबाट संकलित रकमलाई मन्दिरका लागि थप भवन थप गर्ने योजना रहेको आयोजक राधेश्याम महिला जागरण समुह राधे मन्दिरकी अध्यक्ष कमला थापाले बताइन् । थापाका अनुसार मन्दिरमा थप भवन निर्माण गरेर वृद्ध–वृद्धा तथा असक्तहरुको निम्ति आश्रय स्थान बनाइनेछ ।

महायज्ञ सम्पन्नको गर्नको लागि करिव १२ लाख खर्च हुने अनुमान आयोजक समितिले गरेको छ । खर्च आयोजकले स्वेच्छिक सहयोग र महायज्ञमा संकलन हुने भेटीबाट व्यवस्थापन गरिने जनाएको छ । महायज्ञको पहिलो दिन उद्घाटन अघि कलश शोभा यात्रा तथा ¥याली, दैनिक नित्य मण्डप पुजा, संगीतमय कथा प्रवचन एवं भजन किर्तन हुने आयोजकले जानकारी दिएको छ ।

विसं २०५८ सालमा स्थापित भएको मन्दिर महिलाहरुद्वारा संचालित मन्दिर हो । मन्दिर मार्फत सामाजिक विकासको लागि समेत क्रियाशील समेत रहेको छ ।