पथरी/ मोरङको सुनवर्सी नगरपालिका–७, स्थित बरडंङगामा एक बालिकाको घाटी रेटेर हत्या गरेको छ ।
शुक्रबार साँझ ७ बजे १३ बर्षिय अप्सना खातुनको धारीलो हतियारले घाटी रेटर हत्या गरेको हो । घरबाट शुक्रबार साँझ ५ बजे मकै बारीमा घाँस काटन गएको बेलामा उनलाई कुनै व्यक्तीले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय रंगेलीका इस्पेक्टर संजिव बाबु खड्काले बताए ।
घरबाट ५ सय मिटर टाढा रहेको मकै बारिमा घाँस काट्न गएको छोरी साँझ ७ बजे सम्म घर नर्फे पछि खोज तलास गर्दा मकै बारीमा मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थमा भेटिएको खातुनको धारीलो हतियारले घाँटी रेटिएको थियो । घटना कस्ले घटाएको भन्ने बारेमा अनुसन्धान भईरहेको इस्पेक्टर खड्काले बताए ।
त्यसैगरी रंगेली नगरपालिका २ स्थित मंगलबारेमा शुक्रबार राति १० बजे ५९ बर्षकी सुक्रिया रिसिदेवको मृत्यु भएको छ । बेतौना बवियाविर्ता भित्री सडक खण्डमा गाडीको ठक्करबाट मृत्यु भएको हो । उक्त घटनाको बारेमा दुईवटा सवारी साधन नियन्त्रमा लिई अनुसन्धान भईरहेको र दुवै शवलाई पोष्माटको लागि रंगेली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।