काठमाडौं/ राजधानीमा ९२ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

गएको फागुन २७ गते काठमाडौंको तार्केश्वर नगरपालिका १ कुन्चिप्वाकल निवासी वृद्धालाई बलात्कार गरेर फरार भएका २८ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

बलात्कार गरी फरार भएका तामाङ गौशालास्थित पशुपति मन्दिर नजिकैबाट पक्राउ परेका हुन् । तामाङले ती वृद्धालाई उनको घर नजिकै रहेको गोठमा जबर्जतस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

तामाङले वृद्धालाई बलात्कार गर्नुका साथै कानमा लगाएको सुनको मुन्द्रा र साथमा रहेको नगद पैसा पनि लुटेका थिए ।

अभियुक्तलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

टुडेखबरबाट