बहुप्रतिक्षित रहेको चलचित्र ‘नाई नभन्नुल ५’ को सुटिङ सुरु भएको छ । मल्टिस्टारर यस चलचित्रको स्टारकास्टलाई लिएर भने यो चलचित्र पनि चर्चामा रह्यो । बिकास आचार्यको निर्देशन रहने ‘नाई नभन्नुल ५’ मा नायिका स्वस्तिमा खड्काको दिदीको रोलको लागि केही नायिकाहरुले अस्वीकार गरेपछि यसको चर्चा पनि भएको थियो ।

सुरुवातमा स्वस्तिमाको दिदीको रोलका लागि बर्षा सिवाकोटीलाई गयो उनले करियर दरापमा पर्ने डरले स्वस्तिमाको दिदी बन्न मानिन् । त्यसपछि यो अफर अर्काे बर्षा या नेकी बर्षा राउतलाई गयो । ‘नाई नभन्नुल ४’ बाट नै डेब्यु गरेकी बर्षाले यो अफर स्वीकार गर्छिन् की भन्ने थियो तर उनले पनि स्वस्तिमाको दिदी बन्न मानिन् ।

बर्षाले हात झिकेपछि अन्तत केकीले उक्त अफर स्वीकार गरिन् । केकीलाई स्वस्तिमाको दिदी बन्न कुनै गाह्रो भएन । चलचित्रमा उनको जोडीको रुपमा दिलिप राइमाझी हुने बताईएको छ । चलचित्रमा प्रियंका स्वस्तिमाको आमाको भुमिकामा रहेकीछिन् । यस फ्रेन्चाईजमा अनुभव रेग्मी ,सेड्रिना शर्मा ,राजाराम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

‘नाई नभन्नु ल ५’ मा सम्पुर्ण गीतसंगित पनि तयार भईसकेको छ । यसपल्ट पनि संगितकारको रुपमा चर्चित हस्ती बसन्त सापकोटा नै रहेका छन् । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको ‘नाई नभन्नुल ५’ ले भदौ ८ गतेलाई आफनो रिलिज मिती तोकेको छ ।