खुम्री भिट्टा(झापा) ।‘जब नेतालाइ भोटको खाँचो पर्छ, तबमात्र हाम्रो बस्तीमा छिर्ने गर्छन् ।’, ‘वर्षै पिच्छे बाढीले ढुवेर ज्यान जोगाउन मुस्किल हुन्छ, तर, कोही आउदैनन ।’ ,‘नेताको घाउ भएको वेला आउँछन् । हाम्रो घाउमा कसैले वास्ता गर्दैनन।’, यस्ता अनेकौ पीडा र बेदना पोख्ने गरेको एउटा बस्ती हो । झापाको भद्रपुर सदरमुकाम देखि दक्षिणमा रहेको साविक पाठामारी गाविस २ हाल कचनकवल गाउँपालिका ५ खुम्री भिट्टाका सतार बस्तीको । २५ घर जति भएको बस्तीका प्रत्येक सदस्यको एउटै दुः खको आवाज आउँछ । हामीलाइ अरु केहि चाहिदैन, नेताले आएर आस देखाएको कुरा पुरा गरिदिए पुग्छ, तर, त्यो कहिल्यै पुरा हुन नसकेको आरती मूर्मु बताउँछिन् । आफुले हालसम्म चार पटक भोट हालिसकेको हिषाव गर्दै भन्छिन ‘भोट त हाल्यौ, तर, केहि पाइएन ।’ वर्षे पिच्छे बाढीले डुबाउँछ , सरकारले हेर्दैन, तर, के गर्नु भोट त हाल्नै पर्यो उनले सुनाइन् ।’ अर्का मीस्त्री मार्डीको पनि गुनासो एकैचोटी बाहिर आउछ भावुक बन्छन ‘के गर्नु नेताको आसले जीवन वितिसक्यो, बस्तीको लागि कुनै काम भएन भोटमात्र प्यारो भयो नेताको ।’ बाढीको वेलामा आएर मुराइ र चाउचाउ बाढेर नहुने उनले सुनाए । यस ठाउँमा धेरै ठुलो बस्ती थियो तर यस्तै समस्याले गर्दा आधा भन्दा बढी परिवार यहाँवाट हिडिसके । खेती वाहेक अर्को केहि विकल्प नभएको र वजार पनि भारतको ठाकुरगञ्जमानै निरर्भर हुनु परेको उनि बताउँछन् । नेपालका नेताले भोट मात्र माग्न जानेको उनले बताए । हाम्रो भोटले जितेर जान्छन् तर, समस्या समाधान हुदैन यहाँ बाटो छैन ,शौचालय छैन ,गरिब दुखीलाइ वास्ता छैन, भोटका बेला जे पनि भइहाल्छ भन्छन् तर, कहिल्यै गरेनन, ढेना हस्ताले गुनासो पोखे । भोट आयो भन्दै केहि दिन अघि रुखले भोज खुवाएको बताउँछन् उनि । तर, पार्टी थाहा छैन उनलाई । यो ठाउँमा रुखको नेता आएको उनले सुनाए । अरु ठुला नेता अहिले सम्म नआएको उनले बताए । वस्तीमा दुइ महिना अघि मात्र बिजुली आएको अर्का धनु मर्डी बताउँछन् । भोटको वेला यो गर्छु र त्यो गर्छु भन्ने नेता बाढीले डुवाएको वेला नआएको उनले बताए । भोट आउने वेला देखेको नेतालाइ भोट पछि कहिल्यै देख्न नपाएको रेना मूर्मुले सुनाइन् । समस्या हट्छ होला भनेर भोट दियो तर, केहि हुदैन उनले बताइन् । यो त एउटा बस्तीको समस्याको नमुनामात्र हो । झापा दक्षिणी क्षेत्रमा अधिकांश स्थानीयको पीडालाइ नेताले सम्बोधन गर्दैनन । केहि महिना अघि सम्पन्न भएको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि मतदाताको पीडालाइ मलमपट्टी लगाएको पाइदैन । केन्द्रको अधिकार गाउँमा आएर स्थानीयको सेवासुविधा लगायत पहुँचमा केहि परिवर्तन खोजेका त्यस्ता मानिसलाई ‘कागलाइ बेल पाक्यो हर्ष न विस्मत’ जस्तै भएको देखिन्छ । ग्रामीण जनताले दिएको मतले आफनो राजनीति चलिरहेको महशुस त्यस क्षेत्रका नेताले मनन गर्नु आजको पहिलो आवश्यक्ता हो ।