
सुनसरीको दुहवी–इनरुवा सडक खण्डमा रहेको विद्युतको पोलमा टाँगिएको पार्टीहरुको झण्डा । तस्बिरः ब्लाष्ट÷भोजराज श्रेष्ठ[/caption]
धरान । चुनाबको मुखमा नेताहरुले आफ्नो भाषण र कुरा रसबरि जस्तै मिठा गरेपनि काम भने मनपरि गर्ने गरेका छन् । यसको एउटा उदाहरणको रुपमा पुर्वका बिभिन्न शहरहरुमा टागिएका तुल ब्यानर र झण्डालाई लिन सकिन्छ ।
अझ इटहरीदेखि विराटनगर जाँदा खनार, दुहवी बजार आसपासको विद्युतको खम्बामा हेर्ने हो भने त ठूला पार्टीहरुको तुल, व्यानर, झण्डाहरु देखिन्छ ।
यस्तो लाग्छ ती पोलहरु बिद्युत प्राधिकरणले विजुलीको तार टाग्न हैन नेतालाई ब्यानर र झण्डा टाग्न बनाएको हो । हरेकजसो खम्बामा कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी फोरमको तुल, व्यानरहरुले भरिभराउ छन् ।
दुहवी–इनरुवा सडक खण्डमा पनि उस्तै गरी तुल व्यानर तथा झण्डाहरु टाँगिएका छन् । जता हेरे पनि ठूला पार्टीकै झण्डाहरु देखिन्छन् । चुनावलाई लक्षित गर्दै यस्ता टाँगिने झण्डाहरुले दृष्य प्रदुर्षणमा मूख्य भूमिका खेलिरहेको छ । निर्वाचन आचारसंहिता–२०७२ ले नै सार्वजनिक स्थलहरुमा तुल व्यानर तथा झण्डा राख्न प्रतिबन्ध लगाएको छ ।
तर, ठूला पार्टीहरु यस्ता निर्वाचन आचारसंहिताको ठाडो उल्लघन गरिरहेका छन् । नेपालको संविधान २०७२ को धारा ३० मा पनि जथाभावी रुपमा तुल व्यानर तथा झण्डा, भित्ते लेखन, पोष्टर टास्नुलाई दृष्य प्रदुर्षण मानेको छ । उक्त धारामा जस्ले प्रदुर्षण गर्छ, उसैले क्षतिपूर्ति तिर्नुपर्ने भन्ने उल्लेख छ । त्यति मात्रै हैन, नेपाल सरकारलाई सर्वोच्च अदालतले २०७२ भदौं १६ गते नै दृष्य प्रदुर्षण गर्ने गराउनेलाई कारबाहीको दायरमा ल्याउनको लागि भन्दै आदेश जारी गरेको थियो ।
उक्त आदेश हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन् भन्ने दुहवी, खनार तथा त्यो आसपासमा देखिएको तुल, व्यानर, झण्डाले प्रतीत गर्दछ । यस विषयमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बुधबारको कार्यक्रममा तोरण व्यानर, झण्डाहरु हटाउने काम भइरहेको दाबी गरे । ‘कतिपय ठाउँमा पार्टीहरुले आफै हटाउने काम भएको छ ।
नहटाएको ठाउँहरुमा स्थानीय प्रहरीले हटाउने काम गरिरहेको छ ।’ उनले भने । त्यो भनिरहँदा पनि सुनसरीको क्षेत्र नम्बर २, ३ र ४ को अधिकांस ठाउँहरुमा तोरण, व्यानर र झण्डाहरु देखिएका थिए । विषेश गरेर तराईका भित्री क्षेत्र तिर तोरण, झण्डा टाँग्ने प्रचलन व्याप्त रहेको भेटियो । कतिपय स्थानमा त बाँस गाडेर झण्डाहरु गाडिएको भेटिएका थिए । निर्वाचन आयोगकी अगनुमन अधिकृत रमा पराजुलीले प्रचार सामग्री हटाउनको लागि पार्टीहरुलाई आग्रह गरेको बताइन ।
‘सबै राजनीतिक दलहरुलाई सूचना प्रवाह गरेका छौं ।’ उनले भनिन् । निर्वाचन कार्यालयले तत्काल कारबाहीको दायरमा नल्याउदा पनि पार्टीैहरुको मनोमानी बढेको छ । तुल, व्यानर र भित्ते लेखनको पूरानै ढर्रा अपनाउँदा पछिल्ला कानुन तथा ऐनहरु मिचिएका छन् । ऐन र कानुनमा उल्लेख भएका कुराहरु अक्षरंस पालना नगर्दा सहरहरु कुरुप बनिरहेका छन् ।
जथाभावी टागिने यस्ता झण्डा, तुल व्यानरले सहरको कुरुपता मात्रै प्रदर्शन गरिरहेको छैन, त्यहाँको सभ्यतामाथि पनि चूनौति थपिरहेको छ । निर्वाचन आयुक्तसमेत रहेका जिल्ला अदालतका प्रमुख न्यायधिस पुरुषोत्तम भट्टराईले ‘तुल, पोष्ट टाँगेर चुनाव जितिन्छ’ भन्ने भ्रम रहेका कारण पनि तुल व्यानर लगाउने प्रवृतिको अन्त्य नभएको दाबी गरे ।
उनले सहरको सुन्दरताको हिसावले पनि तुल व्यानर हटाउनु पर्ने बताए । ‘निर्वाचन आचारसंहिता उल्लघंन गर्ने परिपाटी पार्टीहरुमा केही सुधारन्मुख छ ।’ उनले भने, ‘पूर्ण भने भइसकेको छैन् ।’