भद्रपुर। मंसिर २१ गते हुनगइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा दुइ प्रभावशाली नेताको कडा भीडन्त हुने भएको छ । नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनविच दह्रो भीडन्त हुने भएको हो ।
झापा क्षेत्र नं– ३ मा पूर्व सांसद एवं काँग्रेसका कृष्णप्रसाद सिटौला र वाम गठबन्धनको तर्फवाट राप्रपाका महामन्त्री लिङ्देन निर्वाचनमा होमिएका छन् । आफ्नो पार्टीका खम्बाको रुपमा राष्ट्रले समेत परिचित भइसकेका दुइ नेताले यो क्षेत्रवाट फराकिलो मतान्तरले विजयी हुने ठोकुवा गरेका छन् । सिटौलाको राजनीतिक इतिहाँस हेर्दा ४६ सालमा बहुदल आएलगत्तै ०४८ सालको संसदीय निर्वाचनमा १ नम्बर क्षेत्रवाट एमालेका स्व. द्रोणप्रसाद आचार्यसँग चार हजार बढी मतान्तरले सिटौला पराजित भएका थिए । आचार्यको असामयिक निधन भएपछि सिटौलालले ०५० सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका लिला उदासीलाइ ३ हजारको मतान्तरले पछिपार्दै पहिलो पटक विजय हासिल गरेका थिए । उदासी झापाका चर्चित कानुन व्यवसायी हुन भने सिटौला पनि सक्रिय राजनीतिमा आउनुअघिसम्म वकालती पेशामानै थिए । त्यसैगरि ०५१ सालको मध्यावधि चुनावमा एमालेका पुष्पराज पोखरेलसँग ११ सय ४१ मतले पराजित भएका सिटौलाले पुनः ०५६ सालमा एमालेका नारायण राजवंशीलाइ २२ सय ६१को मतान्तरले पराजित गराएका थिए । देशमा भएको ०६२।६३को जनआन्दोलन पश्चात संविधान निर्माणको लागि ०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीका पुर्णंिसह राजवंशीसँग पराजित भए । राजवंशीले १६ हजार ६ सय ८५ र सिटौलाले १४ हजार ०९४ मत प्राप्त गरेका थिए । त्यसैगरि ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा राप्रपाका तत्कालिन केन्दीय सदस्य तथा हालका प्रतिस्प्रधी लिङ्देनलाइ पराजित गर्दै निर्वाचित सांसद भएका थिए । सिटौलाले १४ हजार ३ सय ५५ र लिङ्देनले ९ हजार २ सय ५३ मत प्राप्त गरेका थिए । सिटौलाको इतिहाँस हेर्दा ४८ साल देखि तत्कालिन १ नम्बर क्षेत्र र हाल क्षेत्र नम्बर ३ लाइ आफ्नो राजनीतिको जग बनेर खडा भइरहेका छन् । गृहमन्त्री समेत भइसकेका सिटौलाले झापाको दक्षिणी क्षेत्रलाइ खासै वास्ता नगरेको स्थानीयले आरोप लगाइरहेका बेला उनले भने ३ अर्बभन्दा बढी बजेट ३ नम्बर क्षेत्रमा मात्रै ल्याएको प्रमाण देखाउदै आएका छन् । संकटकाल देखि माओवादीको दशवर्षे जनयुद्धलाइ शान्ति प्रक्रिया र संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेलेकोले गणतन्त्रवादीले मलाइ मत दिने पक्का भएको दाबी गर्दै समानुपातिक छोडेर प्रत्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् । झापाको, कचनकवल, हल्दिवारी,बाह्दशर््िा गाउपालिकासहित ,विर्तामोडको १० नम्बर वडा र भद्रपुर नगरपालिका का ९ र १० बाहेक ८ वटावडा ३ नम्बर क्षेत्रमा समेटिएका छन् । हाल यो क्षेत्रमा प्रतिनिधि सभाको लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् । त्यसैगरि प्रदेश ‘क ’र ‘ख’ मा क्रमश ५८ हजार ८ सय १५ र ५५ हजार ७ सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
गत २०६४ सालको निर्वाचनपछि सिटौलाले माओवादीलाई मूलधारमा ल्याउन व्यस्त रहेको बताएर २०७० सालको निर्वाचनमा उम्मेद्वार बन्दा ‘अब चाहिं निर्वाचन क्षेत्रको विकास र जन–आवश्यकताका काम गर्न मनग्गे समय दिन्छु’ भनेरै सम्भवतः विजयी भएका हुन् । तर, निर्वाचनमा विजयी भएयता उनी योजनाका पत्रहरू बोकेर झापा आउने गरे र पार्टीका स्थानीय पदाधिकारी–सदस्यहरूलाई हस्तान्तरण गरेपछि तिनै कागजमा लेखिएका बहुयोजना क्षेत्र नं– ३ मा ल्याएको प्रचारबाजी कार्यकर्तामार्फत् गर्न लाउँदै फेरि पनि केन्द्रीय राजनीतिमा नै रमाए ।
जे–जसो भए पनि अब सिटौलाभन्दा राष्ट्रिय राजनीतिक जीवन र उचाइका दृष्टिले निकै कान्छा–होचा राप्रपाका राजेन्द्र लिङ्देनसँग सिटौलाको सोझो भीडन्त हुने भएको छ । उनिहरुको भीडन्त ०७० सालमा पनि भएको थियो । लोकतान्त्रिक गठबन्धनका सिटौला समानुपातिकबाट प्रत्यक्ष उम्मेदार हुँदा निश्चित रूपले उनको कार्यकर्ता पंक्तिमा हौसला बढेको छ । तर, त्यो हौसला चुनावमा आफ्नो पार्टीप्रतिको वातावरण अनुकूल बन्यो भन्ने चाहिं नहुन सक्छ । किनभने, वर्षौंदेखि ढाँटिंदै र क्षेत्रगत विकासको मामलामा अनपेक्षित रूपमा पछि पर्दै आएका यस क्षेत्रका जनता पछिल्लो चुनावी दौडमा को प्रथम हुन्छ भन्ने विषयमा प्रष्ट छन् । यस बीचमा कुनै प्रलोभनको गोलचक्कर चलेन भने राष्ट्रिय व्यक्तित्वशाली नेता सिटौलाको राजनीतिक भविष्य कष्टकर बन्न सक्ने देखिएको छ ।
अर्कौ तर्फ शाही कालमा जिविस झापाको सभापति भई ग्रामीण क्षेत्रमा विकासको लागि अग्रणी भुमिका निर्वाह गरेको भन्दै लिङ्देनले आफुले प्रतिनिधिसभामा उम्मेदवारी दिएको बताउँछन् । आफु निर्वाचित भएपछि २० वर्षसम्म विकास नभएको क्षेत्रमा ५ वर्षभित्र गराएर नदेखाएमा राजनीतिमा नआउने उद्दघोष गरेका छन् । भस्ट्रचार गर्नु भनेको आमाको रगत खानु जस्तै भएको उनले बताउदै आएका छन् ।
सुरुमा सिटौला समानुपातिकमा उठ्ने र लिङ्देनलाइ काँग्रेसले सघाउने पककापक्की भइसकेको थियो । एमालेवाट पुर्व सांसद पुष्प पोखरेलको नाम पनि अघि आएको थियो । तर अन्तिम क्षणमा आएर सिटौलाले आफ्नो क्षेत्र नछाड्ने अडान लिएपछि रातारात राप्रपालाइ एमाले र माओवादीले समर्थन गरी पोखरेललाइ नउठाएर लिदेनलाइ वाम गठबन्धनमा अघि सारेपछि काँग्रेस अतालिएको छ । स्थानीयको मत परिणमलाइ आधार मान्ने हो भने वाम गठबन्धन तर्फका उम्मेदवार लिङ्देनको फराकिलो मतान्तर रहेको देखिन्छ । गएको स्थानीय तहको निर्वाचनमा प्रमुख चार पार्टीको प्राप्त मत हेर्दा एमाले २२ हजार, राप्रपा १७ हजार र माओवादी केन्द्रको १२ हजार गरि ५१ हजार मतमा काँग्रेसले प्राप्त गरेको २० हजार मतलाइ घटाएर हेर्ने हो भने मात्र३१ हजारको मतान्तर वाम गठबन्धनको रहेको देखिन्छ ।
क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको तर्फवाट क र ख मा क्रमश बसन्त बानियाँ र पुर्णसिह राजवंशी रहेका छन् भने काँग्रेसवाट भुमीप्रसाद राजवंशी र भगिरथ पोद्दार रहेका छन् । पुर्णसिहले ०६४ सालमा सिटौलालाइ हराएका थिए भने ०७० मा एमालेका बानियाँ पनि पराजित भएका थिए । काँग्रेसले अघि सारेका भुमीप्रसाद नयाँ अनुहारका हुन् ।