न्युन विगो र जरिवाना हुने कारण तस्करहरुका लागि पैसा कमाउने छोटो बाटो खोलाका ‘ढुंगागिटी’ हुने गरेको छ ।
  • मिति २०७४ भदौं १८ गते को २ त १२८४ नम्बरको ट्रयाक्टरसहित चालक पक्राउ ।
  • मिति २०७४ भदौं १९ गते को १ ख ५६४७ ट्रिपर र को १ क १७६७ नम्बरको स्काभेटर । जसमा चालकहरु पनि पक्राउ भएका थिए ।
  • मिति २०७४ भदौं २७ गते को २ त ७६४७ नम्बरको ट्रयाक्टरसहित चालक पक्राउ ।
धरान/एकै महिनामा धरानका सर्दु, सेउती र अधेरी खोलाबाट ढुंगागिटी तस्करी गर्दै गरेका बेला प्रहरीले पक्राउ गरेका प्रतिनिधि ट्रयाक्टर, ट्रिपर र जेसिभी हुन् माथिका । [caption id="attachment_60903" align="alignnone" width="960"] ढुंगागिटी तस्करी गर्दै गरेका बेला प्रहरीले धरान-५ काे अधेरी खाेलाबाट पक्राउ गरेकाे ट्रयाक्टर र चालक । तस्बिरः भाेजराज[/caption] धरानको खोलाबाट ढुंगागिटी लोड गरेको अवस्थामा प्रहरीले मासिक ५ वटा भन्दा बढी ट्रयाक्टर तथा ट्रिपरहरु पक्राउ गर्ने गरेको छ । पक्राउ गरिएका ट्रयाक्टरसहित चालकलाई कारबाही गर्ने अधिकार प्रहरीलार्इ नहुँदा वन कार्यालयलार्इलार्इ बुझाउनु पर्ने बाध्यता प्रहरीसँग छ । जसका कारण अनुसन्धान भन्दा पनि पक्राउ परेका ट्रयाक्टरहरू सम्बन्धित क्षेत्रमा बुझाउने मात्रै काम वन कार्यालयले गर्छ । त्यसैले यस्ता घटनामा न तस्कर पक्राउ पर्छन् न त तस्करी नै रोकिएको छ । चालक तथा मजदुरहरु मात्रै समातिन्छन् र कारबाही भोग्छन् । वनकै कर्मचारीका अनुसार ‘फितलो कानुन’ भएका कारण तस्करी रोकिन सकेको छैन् । कानुन कमजोर हुँदा त्यही आँडमा तस्करहरुले फाइदा लिइरहेका छन् । अपराध लाखको कारबाही हजारको वन ऐन २०४९ को दफा ६६ मा १० हजार भन्दा कम मूल्यको ढुंगागिटी, मिसगिटी ‘लोड’ गरी ल्याएमा त्यस्ता सवारी साधन जफत नगरी सवारी साधन बापत् थप १० हजार रुपैयासम्म जरिवान मात्रै लिने व्यवस्था छ । ‘जफत हुने कानुन हुने भए तस्कर डराउथे ।’ कर्मचारीहरु भन्छन् । कर्मचारीहरुका अनुसार मिसगिटी तथा बालुवा तस्करी गरेको हकमा प्रतिघनफिट एक रुपैया ५० पैसा मात्रै विगो लाग्ने नियम छ । त्यस्तै ढुंगाको हकमा ३ रुपैया प्रतिघनफिट विगो लाग्ने नियम छ । जस अनुसार ट्रयाक्टरमा लोड गरिएको मिसगिटी तथा बालुवाको कुल विगो एकसय ३५ रुपैया भन्दा माथि जादैन भने ढुंगाको हकमा कुल विगो २७० हुन आउँछ । एउटा ट्रयाक्टरमा जम्मा ९० घनफिट बालुवा तथा ढुंगागिटी लोड हुन्छ । ‘विगो एकसय ५० रुपैया भन्दा माथि जाँदैन ।’ कर्मचारी भन्छन् । यही कानुनको फाइदा उठाउँदै तस्करहरुले खोलाहरुबाट रातारात तस्करी गर्ने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेल बताउँछन् । भन्छन्, ‘अपराध चाही लाखको गर्छ । कारबाही चाही हजारको हुन्छ ।’ [caption id="attachment_60902" align="alignnone" width="918"]Jungle-revenue-dharan कारबाही परेकाे ट्रयाक्टरकाे विगाे (राताे सर्कलमा) । तस्बिरः भाेजराज[/caption] यस विषयमा जिल्ला वन कार्यालयका प्रमुख अधिकृत राजेन्द्र निरौलाले सरकारले रोयल्टी नै त्यही तोकेको र कार्यालयले पनि त्यही अनुसार लिने बताए । ‘यसो हेर्दा ढुंगागिटीको विगो कम नै देखिन्छ ।’ उनी भन्छन्, ‘दण्ड जरिवाना भएकै कारणले अपराध बढ्छ भन्ने होइन ।’ । यही कात्तिक २३ गते मात्रै अधेरी खोला र सेउती खोला गरी ४ वटा ट्रयाक्टरहरु नियन्त्रणमा लिएको थियो । अधेरी खोलाबाट रातको साढे २ बजे प्रहरीले गोप्य सूचनाको आधारमा ढुंगा तथा मिसगिटी लोड गरेको तीनवटा ट्रयाक्टर पक्राउ ग¥यो । तर, त्यही कानुनको फाइदा उठाएर केही दिनपछि ती ट्याक्टरहरु पनि छाडिन्छन् । तस्कर यसकारण पक्राउ पर्दैनन् झिनो विगो तथा जरिवाना हुने कारण पक्राउ परेका चालकहरुलाई पनि केही दिन मात्रै हिरासतमा राखिन्छ । विगो भन्दा बढी सरकारी खाना खाने कारणले पनि उनीहरुलाई धेरैसम्म राखिदैन । एक ट्रयाक्टर बालुवा, मिसगिटी वा ढुंगा पक्राउ परेमा २७० भन्दा माथि दण्ड जरिवाना हुन्छ भने एक रात राखे बापत एक जनालाई प्रतिछाक खानाको ६० रुपैया तिर्नुपर्ने नियम छ । ‘त्यसैले पनि पक्राउ परेको केही दिनमै छाड्छौं ।’ नाम नछाप्ने शर्तमा कर्मचारी भन्छन्, ‘र, खोजी गर्ने कष्टसमेत गरिदैन ।’ यता डिएसपी पौडेल भने ‘ट्रयाक्टर समातिएपछि व्यक्ति पनि खोजी गरेर पक्राउ गर्ने नियम हुने हो भने यो समस्या समाधान’ हुने तर्क गर्छन् । उनी थप्छन् ‘कानुनको कारण नै तस्करहरु छुटिरहेका छन् । हामीले समातेर ल्याउनु पर्ने वनमा लगेर बुझाइदिनुपने समस्या छ । ट्रयाक्टरै जफत गर्ने नियम हुने हो भने मान्छे डराइहाल्छ नी ।’ यता वनका अधिकृत निरौला भने दण्ड जरिवाना सजायको अवधारणा भने ‘अपराधीलाई असुल गर्ने भन्दा पनि उ केही सुध्रियोस्’ भन्ने रहेको बताए ।