विराटनगर/ भारतको चर्चित गायक कुमार सानुको अन्तराष्ट्रिय स्तरको लाइभ कन्र्सट हुने भएको छ । मुन्टेज इन्टरनेशनल र फन एण्ड फुड भिलेज रिर्सोट प्रा.लि.को संयुक्त आयोजनामा विराटनगरमा आउँदो असोज ७ गते कुमार सानुको लाइभ कन्र्सट हुने भएको हो ।
करिब १७ हजार बढी गीतमा स्वर दिएर लोकप्रिय गायक कुमार सानुको नेपालमा दोस्रो पटक लाइभ कन्र्सट हुन लागेको मुन्टेज इन्टरनेशनले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । यस अघि कुमार सानुको नेपालमा पहिलो पटक लाइभ कन्र्सट उक्त संस्थाले गरेको बताएको छ ।
काठमाडौंमा नेपालको दर्शकको अपार माया र सदभाव पाएपछि दोस्रो ठूलो शहर विराटनगरमा कुमार सानुको लाइभ कन्र्सट गर्न लागेको मुन्टेज इन्टरनेशनलका प्रबन्धक निर्देशक रोसन पराजुलीले जानकारी दिए । लाइभ कन्र्सटको तयारीमा हामी लागि परिसक्यौं, उनल भने, ‘विराटनगरमा हुने कुमार सानुको कन्र्सट भव्य र सभ्य हुन्छ ।’ लाइभ कन्र्सटमा गायक कुमार सानुले लगातार २ घण्टा आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । नेपाली स्वरमा समेत गीत गाएका कुमार सानुको गीत उत्तिकै लोकप्रिया छन् । लाइभ कन्र्सटमा उनले ४ वटा नेपाली गीत प्रस्तुत गर्नेछन् । कन्र्सट अवधिभर गायक कुमार सानुले दुई दर्जन गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
मनोरञ्जनको क्षेत्रमा काठमाण्डौपछि पोखरा र धरानलाई मात्र हेरिने गर्दछ, स्थानिय आयोजक तथा यूवा व्यापारी कविन श्रेष्ठले भने, ‘पूर्वी नेपालको विराटनगरलाई मनोरञ्जनको क्षेत्रमा पहिचान गारउन अन्तराष्ट्रिय स्तरको कन्र्सट गर्न लागेका हौं ।’ १ करोड खर्च हुने अनुमान गरेको कन्र्सटमा अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टम रहनेछ । कुमार सानुको लाईभ कन्र्सट हेर्नको लागि भारतको विभिन्न प्राप्त देखि स्वदेशको विभिन्न शहरबाट स्रोता आउने भएकाले ४ हजार दर्शक अटने क्षमताको स्टेज बनाउने तयारीमा लागि परेको श्रेष्ठले बताए । उनका अनुसार लाइभ कन्र्सटको लागि ५ हजार र २ हजार ५ सय मात्र टिकट रहने जानकारी दिए । उनले भने, ‘कही दिनमा टिकटको विक्री सुरु हुनेछ ।’