भारतमा धैरै जनसंख्या गरिबीको रेखा मुनी छन र मगन्त्य पनि, यसैमा अर्को नाम पनि जोडिन आउँछ यौनकर्मीहरु । यौन कर्मीहरुकोे बारेमा भारतमा ठोस तथ्याङ्क नभएपनि विश्वको ठूला रेडलाईट यरियाहरु छन् । हेरौं भारतका ६ ठूला रेडलाईट एरियाः–
१) सोनागाछीः कोलकताको सोनागाछिलाई एयिाको सबै भन्दा ठुलो रेडलाईट एरिया मानिन्छ । एक रिपोर्टका अुनसार यहाँ करिब एघार हजार यौन कर्मि महिलाहरु काम गर्ने गर्दछन । यसमा सानो उमेर देखि लिएर चालिस बर्ष भन्दामाथिका महिला यौनकर्मीहरु समावेश छन, यहाँको सडकमा धेरै तत्लाभएका घरहरु छन जहाँ ती यौन कर्मीहरु बस्ने र ग्राहकहरु कुर्ने गर्दछन, यो ठाउँलाई लिएर बनाएको डकुमेन्ट्रीले ओस्कार अर्वाड समेत पाएको छ ।
२) कमाठीपुराः बम्बइको कमाठीपुरा भारतको दोस्रो ठुलो रेडलाईट एरिया हो । यस ठाउँमा २५ बर्ष पहिला पचास हजार यौनकर्मी महिलाहरु काम गर्ने गर्थे तर अहिले आएर यसमा कमि आएको छ किनकी यहाँ ठाउँको अभाव र सन् २००५ देखि डांसबारमा लगाएको बन्देजले गर्दा यहाँका यौन कर्मीहरु अर्को ठाउँमा सरेका छन् ।
३) बुधवार पेठः पुणेको बुधवार पेठ भारतको तेस्रो ठूलो रेडलाईट एरिया हो । यहाँ करिब चारहजार कोठा छन र सातहजार यौनकर्मीहरु काम गर्छन, यहाँ दिनमा बजार लाग्छ भने रातीमा यौनकर्मीहरु ग्राहकको खोजिमा हुन्छन् ।
४) मीरगंजः इलाहाबादको मीरगञ्ज भारतको चौथो रेडलाईट एरिया हो । यस ठाउँमा धेरै पटक प्रहरिले छापा मारेर कयौं यौनकर्मीलाई घर पठाएको थियो र यहाँ ४ ओटा गल्लिमा यौनकर्मीहरु आफ्नो धन्धा चलाउने गर्दछन् ।
५) जीबीरोडः नयाँदिल्लीको जीबीरोड भारतको पाँचौ ठुलो रेडलाईट एरिया हो । एकहजार भन्दा धेरै यौनकर्मीहरु बस्ने गर्दछन, यीनीहरु तेस्रो र चौथो तल्लमा बस्ने गर्छन ।
६) चतुर्भुज स्थान विहारको मुजफ्फरपुर भारतको छैटौ ठूलो रेडलाईट एरिया हो, यसलाई विहारको बेश्यालय भनेर पनि चिनीन्छ । यहाँ बेश्यावृती प्राचीनकाल देखि चल्दैआएको तर संख्या भने यकिन गर्न सकिएको छन ।
































