ठूला सडकमा थुप्रिने पत्कर र धुलो । बढार्ने कसरी रु यसका लागि पक्कै पनि धेरै जनशक्ति चाहिन्छ तर मध्य चीनको एउटा सडकका एक कामदारले बडो अनौठो तरिका निकालेका छन् । जब उनी सो ट्र्याक्टरलाई गुडाउछन् तब घुमाउरो मोटर घुम्छ र कुच्चाले सडकको धुलो र फोहरलाई किनारा लगाउँछन् । छैन त गज्जबको चिनियाँ तरिका ?