साँझ परेपछिको चिसो क्रमश बढ्दै थियो । स्टेश अगाडि राखिएका कुर्सिहरु अगाडिबाट क्रमशः भरिदै आए । क्लियर बनाइएको साउण्ड सिस्टममा उद्धोषकद्धय सञ्चारकर्मि जसकुमार राई र इक्सा मादेनले कार्यक्रमको सुरुवात गर्दा स्टज वरिपरी राखिएका लाईटहरुले अर्को आर्कषण थपिरहेको थियो। गत शनिबार साँझ धरानको चुम्लुङहिममा देखिएको यो आनन्दीलो दृश्य हो ।

त्यहाँ ‘मुन्धुम साँझ ’ आयोजना गरिएको थियो ,कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार गणेश रसिक अनि कवि तथा आख्यानकार उपेन्द्र सुब्बा बिषेश आर्कषणको रुपमा उपस्थिती थिए ।धरानेहरुलाई यो दृर्लभ संयोजनै जुरेको भन्दा फरक नपर्ला,नेपालको सुगम संगितको क्षेत्रमा निकै प्रभाबशाली ब्यक्ति गणेश रसिकका रसिला गित र नेपालका खरो कबि उपेन्द्र सुब्बाका कबिताहरु एकै स्टेजमा एकै समयमा एकै पटक देखिए,सँगसँगै गीगत र कबिता गुञ्जीन थाले ।यो सबै चाँजोमाजो मिलाएकी थिइन मुन्धुम बुटिक एन्ड मेख्ली हाउसकी सञ्चालक मुनु मिभक एक्लैले ।उनलाई हामी साथी साथी समुहले सघाएको थियो ।

गायक गणेश रसिकले ‘मेरो प्यारो नेपाल..’नामको गीतबाट आफ्नो गायनी सुरु ।तिम्रो सुन्दर मुर्ति......बोलको गीत सम्म आईपुग्दा दर्शकशरु निर्कै भाबुक भईसकेका थिए । दर्शकलाई भुल्याउन खप्पिस गणेश ले घरी घरी जोक पनि सुनएर श्रोताको मुडलाइ फ्रेस बनाईदिन्थे ।रसिकले ‘लडी नहार्ने नेपाली...’, ‘नून जस्तो बिलेर...’, ‘धेरै सम्झे धेरै हुन्छ...’, ‘म हेर्दै छु तिमीलाई...’, ‘ओ शून्यता...’, ‘ओ याङ्जी नाना...’, सहित डेढ दर्जनभन्दा बढी गीत सुनाए । उनलाई युगल गीतमा मेख्लीमा सजिएकी नवोदित गायिका सुनीता लिम्बूले साथ दिइन् ।

लिम्बुलेको स्वरलेपनि दर्शक दिर्घाैबाट वाहावाही पाएको थियो ।रसिकले बिश्राम लिएर बकि उपेन्द्र सुब्बालाई बोलाए । उपेनद्र सुब्बा स्टेजमा पुग्दा कार्यक्रम स्थलमा रहेका कबि र कबिता पढ्नेहरुले हुटिङ नै गरे ।सपनाको कुरा.....कबिताबाट आफ्नो बाचनी सुरु गरेका उनले भेडेटारको पिकनिक सम्म आईपुग्दा त दर्शकहरु निकै उत्साहीत भईसकेका थिए ।कबिता कसरी लेखिए भन्ने आधारहरुपनि उनले सुनाउदै गए,उनको बोलीमै मिठास भएर होला ,दर्शकलेपनि हास्दै सुन्दै गरे । दर्शकहरु साउती मादै कार्यक्रमको तारिफ गर्दै थिए ।