बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुट्नु भएका हास्यकलाकारद्वय लाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो ।
कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेकाे थियो ।
मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागि पर्नुभएका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि थालेको प्रयत्नको कदरको सम्मान गर्दै सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील यो जोडीलाई बर्दिवास नपाले मायाको चिनो पनि प्रदान गरेको थियो ।
धुर्मुस–सुन्तली आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हास्य कलाकारकै अर्को जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)ले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको बर्दिवासबासी बताउँछन् । चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झर्नुभएका धुर्मुस सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए ।
कार्यक्रममा हास्य कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाउनुभएको आत्मियता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताए । “हामी तपाइँहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन” धुर्मुसले भने–, “हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।” रासस धुर्मुस सुन्तली सम्मानित
बर्दिवास/हास्य कलाकारद्वय धुर्मुस(सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् ।
बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुट्नु भएका हास्यकलाकारद्वय लाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो ।
कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेकाे थियो ।
मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागि पर्नुभएका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि थालेको प्रयत्नको कदरको सम्मान गर्दै सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील यो जोडीलाई बर्दिवास नपाले मायाको चिनो पनि प्रदान गरेको थियो ।
धुर्मुस–सुन्तली आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हास्य कलाकारकै अर्को जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)ले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको बर्दिवासबासी बताउँछन् । चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झर्नुभएका धुर्मुस सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए ।
कार्यक्रममा हास्य कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाउनुभएको आत्मियता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताए । “हामी तपाइँहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन” धुर्मुसले भने–, “हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।” रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।