priyanka-obama-mos_040416020647काठमाडौं । जनवरी २० मा बाराक ओबामाले अमेरिकी राष्ट्रपतिबाट बिदा लिँदैछन् । बाराक ओबामाको राष्ट्रपतित्वकाल निम्न नौ विषयका लागि इतिहासमा सम्झिइने एएफपीले जनाएको छ । अोबामाले बनाएका इतिहास पहिलो–काला वर्णको राष्ट्रपतिको इतिहास इतिहाँसकारहरुले बाराक हुसेन ओबामाका बारेमा एउटै कुरा लेख्नुपरेमा उनीहरुले अमेरिकामा दासत्वको उल्मुलनको १४३ बर्ष पछि एक इलिनोइका युवा सिनेटर बाराक ओबामा अमेरिकाका पहिलो काला बर्णको राष्ट्रपतिको  भनेर अवस्य उल्लेख गर्नेछन् । ४७ बर्षका ओबामाले आफनो जादुयी भाषण कलाको माध्यममार्फत आशा र परिवर्तनको नारा दिएर चुनावी गठजोड बनाउन सफल भए । पद सम्हाल्ने क्रममा सो नारालाई कार्यान्वयनमा उतार्न कहिलेकाहीँ कठीनाइ भोगे ।

उनको जन्मस्थानको बारेमा षडयन्त्र मुलक विवाद र निशस्त्र काला मानिसहरु विरुद्ध प्रहरी फायरिंगले जातीय तनाव उत्पन्न भइरहे । तर उनको जीतले अमेरिकी समाजमा एक विशाल परिवर्तन भने सुनिश्चित गरेको थियो ।

विफल गर्न पर्याप्त ओबामाको पहिलो कार्यकाल निर्वाध आर्थिक गिरावटले प्रभुत्व जमाएको थियो ।  रियल स्टेट संकटले वित्तिय मन्दी पैदा गर्यो । जसले वाल स्ट्रिट बैंक तथा दाताहरु र विश्वब्यापी रुपमै आर्थिक संकट निम्त्यायो ।  चरम आर्थिक संकटका बेला पदमा आएका ओबामाले लगातार ७५ महिना रोजगारीको दरमा बृद्धि भइरहेको अवस्थामा पद छाड्दै छन् । न्यायको प्राप्ती “आजराती म अमेरिकी जनता तथा संसारलाई बताउन चाहन्छु , अमेरिकाले सफल अपरेसन संचालन गरेको छ जसले ओशामा बिन लादेनलाई मार्न सफल भएको छ ।” यो शब्दावलीसँगै यसअघि विश्वकै शक्तिशाली देश भएर पनि नाइन इलेभेन घटनाको दोषीलाइ सजायको दायरा ल्याउन नसकेको भन्ने विषयमा लाखौं अमेरिकीको रिस र निरासाको भूत भगाउन ओबामा सफल भए । उनले चुनौतीपूर्ण अपरेसन मार्फत ओशामा बिन लादेनको अन्त्य गरे । उनको कार्यकाल समाप्त हुँदै गर्दा अलकायदाका शाखा तथा सर्मथकहरु बलिया छँदैछन । तर यसको अफगानिस्तान तथा पाकिस्तानमा रहेको नेतृत्व भने तहसनहस भएको छ । कानुन बनाउन ठूलो परिश्रम ओबामाले अन्तिम स्टेट अफ दि युनियन सम्बोधनमा  भनेका थिए, “मेरो कार्यकालमा पार्टीहरुबीच संदेह र विद्धेष कम हुनुको सट्टा झन् खराब भयो ।” उनी निवार्चित भए लगत्तै कंग्रेसमा रिपब्लिकनहरुले आक्रामक रुपमा विरोध गर्ने प्रतिज्ञा गरेका थिए । उनको ग्वान्टानामो खाडी बन्दी गृह बन्द गर्ने, बन्दुक नियन्त्रण गर्ने कानुनी प्रयास पार्टीगत विद्धेषको शिकार भयो ।

इरानसँग सम्झौता

चीर प्रतिद्धन्द्धी इरान बिरुद्ध उसको आणबिक कार्यक्रमलाइ रोक्ने उद्देष्यले अमेरिकाकाले आर्थिक लगायत प्रतिबन्धको शिकार भयो । ओबामाले भने इस्लामिक रिपब्लिकसँग गुप्त रुपको वार्ता गरेर भिन्न बाटो लिए । यसको प्रतिफल स्वरुप एक सम्झौता भयो जसले गर्दा इरानले आणविक कार्यक्रम स्थगित गर्यो भने इरानले ठूलो आर्थिक प्रतिबन्धबाट मुक्ति पायो । यसले इजरायल र साउदी अरेबियालाई चिढ्याए पनि यसले मध्यपूर्वमा आणबिक रेस रोक्यो र  अमेरिका र इरानबीच सन् १९७९ यताकै तनाव कम गर्यो ।

सिरियाविरुद्ध सैनिक हस्तक्षेपमा  गएनन्

ओबामाको वैदेशीक नीतिले कुनै अन्तर्राष्ट्रिय संकट परिक्षण गरेन । वा उनले सिरियामा सैनिक हस्तक्षेपको बिषयमा एक मानक तय गरे । बसिर अल असदले रसिया र इरानको साथमा  केमिकल हतियार प्रयोग गरेको बिषयमा ओमाको चेतावनीलाई नाघे पनि युद्ध नगर्ने प्रतिज्ञासँगै आएका ओबामाले त्यतातर्फ कदम चालेनन । अझै धेरै वर्षहरुमा सिरिया एक संकटनै रहि रहने नै छ ।  तर ओबामाका आलोचकहरुले इस्लामिक समूह फैलन दिएको, युरोपमा शरणार्थी प्रवाह बढाएको तथा  रसिया तथा इरानको सो क्षेत्रमा प्रभाव बृद्धि गर्न योगदान गरेको  दोष ओबामालाई दिँदै आएका छन् । जलवायु परिवर्तन बुश कार्यकालमा जलवायु परिवर्तनका सवालमा अविश्वास र सन्देहपछि ओबामाका आठ बर्षमा इकोसिस्टमको संरक्षण, कार्बन बिसर्जन तथा नविकरणिय इनर्जीको बढावाका विषयमा धेरै बातावरणीय कानुनहरु बने । ओबामाले अलास्काका ग्लेसियर बढाए, पेरिस जलबायु सम्झौता अनुमोदन गरे । तर उनको बातावरणीय एजेन्डामाथि उनको उत्तराधिकारीबाट ब्यापक रुपमा आक्रमण हुने सम्भावना छ ।

ठूलो सम्झौता  डेमेक्रेट्सहरुले एक दशकसम्म  अमेरिकीहरुलाई एक विश्वब्यापी हेल्थ केयर योजना प्रदान गर्न खोजे पनि  सकेका थिएनन ।  तर ओबामाले पनि पुरै गर्न नसके पनि १० मिलियन नागरिकसम्म फैलाए,  जुन यसअघि एक जनाका लागि पनि गरिएको थिएन ।  तर रिपब्लिकनहरु ओबामा केयर योजनालाई समाजबादको अवतार मान्छन ।  एक समयमा  त उनीहरुले यसले मृत्यु प्यानल सिर्जना गर्ने बताएका थिए । तर यसलाई रोक्न सकेनन् । यसलाई ट्रम्पको पालामा  फिर्ता लिएर आक्रमण गर्न भने सक्छन । छिमेकी भेटघाट

ओबामाको क्युबा यात्रलाई रिचर्ड निक्सनको चीनयात्रा जस्तै सम्झन सकिन्छ । तर यो अमेरिका र ल्याटिन अमेरिकाको सम्बन्ध सुधारको ठूलो कोसे ढुंगा हो ।  बढ्दो बामपन्थी लोकप्रियताले अमेरिकाको  विगतको प्रत्यक्ष हस्तक्षेपको स्मृतीलाइ एकतावद्ध गरेको थियो  । ओबामाको कार्यकाल १०० दिनपुग्दै उनले अमेरिका शिखर सम्मेलनमा अमेरिका परिबर्तन भएको बताएका थिए । उनले चाभेजको हात समाए,  निकारागुआका ड्यानिअल ओर्टेगासँग भेटे र अमेरिकन गुप्त समुहबाट मारिएका  साल्माडेरका प्रिस्टको चिहान भ्रमण गरे । ओबामाले चीलीमा कु मार्फत अगस्टो पिनोसेलाई सत्तासिन गराउने अमेरिकी कदम गल्ती भएको स्विकारे । अर्जेन्टिनासँगको फोहोरी युद्धमा सहभागिताको रिपोर्ट रिलिज गरे साथै हभाना भ्रमण गरे ।एजेन्सी