धरान /हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् । दाङको घोराहीमा शनिबार भएको पत्रकार भेटघाटमा बोल्दै थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताएकी५न् । अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने उनले बताईन ।
दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि महत्व दिएकी छिन् । उनले नीतिनिर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यस क्षेत्रको पनि नायिका बन्ने उनको भनाई छ । ‘चलचित्रमा मात्रै नायिका बनेर महिलाका मुद्दाहरु उठाउन कठिन भएकाले ‘अब राजनीतिक रुपमै सम्बोधन गर्ने योजनामा रहेको उनले बताईन । ‘चलचित्रमा मात्रै नायिका भएर पुगेन । अब राजनीतिक नायिका बन्ने छु ।’– उनले भनिन । रेखा थापा आमा बन्ने !
धरान /हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् । दाङको घोराहीमा शनिबार भएको पत्रकार भेटघाटमा बोल्दै थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताएकी५न् । अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने उनले बताईन ।
दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि महत्व दिएकी छिन् । उनले नीतिनिर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यस क्षेत्रको पनि नायिका बन्ने उनको भनाई छ । ‘चलचित्रमा मात्रै नायिका बनेर महिलाका मुद्दाहरु उठाउन कठिन भएकाले ‘अब राजनीतिक रुपमै सम्बोधन गर्ने योजनामा रहेको उनले बताईन । ‘चलचित्रमा मात्रै नायिका भएर पुगेन । अब राजनीतिक नायिका बन्ने छु ।’– उनले भनिन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।