हङकङ/आर्थिक बर्ष २०७३/७४ मा हङ्कङ नेपाली महाबाणिज्यदूतावास (नेपाली कन्सुलेट जनरल) बाट सम्पादन गरिएका महत्वपूर्ण कार्यहरु र प्रदान गरिएका सेवाहरु सम्वन्धमा जानकारी गराईएको छ । बुधबार पत्रकार भेटभाट कार्यक्रमको आयोजना गर्दै दूतावासले उक्त कुरा बताएको हो ।
कार्यक्रममा हङ्कङका लागि महावाणिज्यदूत कमलप्रसाद भट्राईले हङकङ र मकाउमा बसोबास गरिहेका नेपालीहरुलाई नेपाल सरकारका तर्फबाट आवश्यक सेवा, सुविधा उपलब्ध गराउँने, हङ्कङ र मकाउमा नेपालको पर्यटन, ब्यापार र लगानी प्रर्वद्धन गर्ने तथा दुई पक्ष सम्वन्धलाई सुदृढ बनाउँने उदेश्य रहेको बताए । महावाणिज्यदूतावासबाट आफ्नो उदेश्य पूर्तिका लागि उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट र कुराकानी भईरहेको समेत बताए । भेटघाट कै क्रममा महावाणिज्यदूत भट्राईले चीनको विशेष प्रशासनिक क्षेत्र मकाउको लागि चीनका विदेश मन्त्रालयका आयुक्त महामहिम मि. यि डावो तथा मकाउ सरकारको शिष्टाचार महापाल मि. फुङ् सिउ वोङ् ड्यानियल, चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ सरकारको कार्यकारी प्रमुख माननीय मि. फरडिनान्डो चिउ साई अन, हङ्कङ अध्यागमन विभागको सहायक निर्देशक मि. मा चि मोङ् सँग शिष्टाचार सकारात्मक कुरा भएको बताए । महावाणिज्यदूत भट्राईले भेटघाटका क्रममा हङ्कङ तथा मकाउमा नेपालीहरुको सहज आवागमनको लागि भिजिट भिसा सम्बन्धि ब्यवस्थाको पुनरावलोकन गर्ने, नेपाली कूटनीतिक र सरकारी राहदानीलाई तत्काल अन अराईवल भिसा उपलब्ध गराउँने र साधारण राहदानीलाई समेत आगामी दिनमा अन अराईवल भिसा उपलब्ध गराउँनका लागि अनुरोध गरिएको, सन् २००५ बाट नेपालीहरुका लागि बन्द गरिएको वर्किङ भिसा पून शुरु गर्ने, नेपालका विद्यार्थीहरुलाई हङ्कङको विश्वविद्यालयमा अध्ययन गर्नका लागि ब्दियार्थी भिसा सहजरुपमा प्रदान गर्ने, हङ्कङ हुँदै अन्यत्र यात्रा गर्ने नेपालीहरुका लागि ट्रान्जिट भिसा नचाहिने ब्यवस्था गर्ने, मकाउमा रहेका नेपालीहरुलाई अति आवश्यक परेको समयमा (जस्तै ः राहदानी नविकरण गर्ने, ट्राभल डकुमेन्ट लिन तथा कागजात प्रमाणिकरण गर्न) साथै हङ्कङ हुँदै नेपाल फर्किन र मकाउ जानको लागि उपयुक्त भिसा जारी गर्ने, नेपालको ब्यापार तथा पर्यटन प्रर्वद्धन गर्नका लागि समय समयमा विभिन्न कार्यक्रमहरु गर्ने तथा नेपाल हङ्कङ तथा मकाउ सरकारका बीच उच्च स्तरिय भ्रमणको आदनप्रदान गर्ने साथै केहि समय अघि भएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमीको हङ्कङ भ्रमणका क्रममा उत्पन्न असहज परिस्थितीका सम्वन्धमा समेत सम्बन्धित निकायमा शसक्तरुपमा कुरा भएको र केहि सकारात्मक कामहरु पनि शुरु भईसकेको जानकारी दिए ।
२०७३ / ७४ आर्थिक बर्षमा नेपालबाट हङ्कङमा कस्ता कस्ता उपलब्धिमूलक उच्चस्तरीय भ्रमणहरु भए ?
दूतावासले यस आर्थिक बर्षमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व मन्त्री पत्नी हिसिला यमीको हङ्कङ भ्रमण भएको र दूतावासले आफ्नै परिसरमा नेपाली समुदायसँग भेटघाट र अन्र्तक्रियाको आयोजना गरेको ।
ब्यवस्थापिका संसद उद्योग वाणिज्य उपभोक्ता हित समन्वय समितीका सभापति माननीय भीष्मराज आङ्देम्बे, ब्यवस्थापिका संसदका माननीय सांसदहरु डिगबहादुर लिम्बु, सुवासचन्द्र ठकुरी, भेषकुमारी रावत, रमेशकुमार लामा तथा सरोजा शर्माले पेट्रोलियम पदार्थको आयात सम्बन्धी अवलोकन भ्रमण गर्नुका साथै नेपालमा उर्जा तथा प्राकृतिक ग्यासको क्षेत्रमा लगानी गर्न ईच्छुक हङ्कङ स्थित बहुराष्ट्रिय कम्पनी यानहो गु्रप लि. सँग भेटघाट भएको साथै उक्त कम्पनीबाट लगानी प्रस्ताव प्राप्त भएको र आवश्यक प्रक्रियाको लागि आवश्यक छलफल भईरहेको छ ।
नेपाल सरकारको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले हङ्कङ तथा मकाउको भ्रमण गरेको, भ्रमणको क्रममा नेपाली नागरिकहरुप्रति हङ्कङको प्रवेशाज्ञा नीतिले पार्ने मर्का सम्वन्धमा सहजीकरण गर्न महावाणिज्यदूत कमलप्रसाद भट्टराई सहित हङ्कङ अध्यागमन विभागका सहायक निर्देशक मि. मा चिमोङ् सँग भेट गरि अध्यागमन विभागमा भएको असहजताप्रति गम्भिर ध्यानाकर्षण ।
हङ्कङ नेपाली महावाणिज्यदूतावासले नेपाली समुदायको सहजताका लागि विभिन्न किसिमका कार्यहरु सम्पादन गरेको जानकारी दियो, जसमध्ये हरेक नेपाली महिनाको अन्तिम आईतबार तथा मकाउमा हरेक नेपाली महिनाको पहिलो र तेश्रो आईतबार कन्सुलर सेवा प्रदान गर्ने कामको शुरुवात गरेको छ । हङ्कङ तथा मकाउमा हरेक आईतबार बिदा हुने भएकाले कामदार सवैलाई प्रत्यक्ष लाभान्वित गर्ने पनि यो सेवा शुरुवात गरेको महावाणिज्यदूत भट्टराई बताउँछन् । त्यस्तै नेपालका बिद्यार्थीहरुलाई हङ्कङको बिश्वबिद्यालय अध्ययन गर्नका लागि बिद्यार्थी भर्ना र जानकारीका लागि हङ्कङ चाईनिज बिश्वबिद्यालय तथा हङ्कङ बाप्टिस बिश्वविद्यालयका पदाधिकारीले महावाणिज्यदूतलाई भेटि प्रस्ताव अघि बढाएको र आवश्यक प्रक्रिया समेत शुरु गरिसकिएको छ ।
हङ्कङमा सम्पन्न आई. सि.सि. २०१६ महिला बिश्वकप क्रिक्रेट क्यालिफाएरका विजेतालाई बाणिज्यदूताबासले सम्मान तथा विदाई कार्यक्रमको आयोजना गरेको थियो
नेपाली महावाणिज्यदूतावासले दूतावास परिसरमा नेपाली समुदायहरुबीच संविधान दिवस र राष्ट्रिय दिवस धुमधामका साथ मनाएको छ ।
हङ्कङ नेपाली महावाणिज्यदूतावासबाट हङ्कङमा रहेका संघसस्थाहरु, उद्योगी, ब्यापारी, बुद्धिजिबीहरुलाई भेला पारि आर्थिक बर्षमा गरिने ब्यापार प्रर्बद्धन, लगानी प्रर्बद्धन, नेपाल दिवस, बुद्ध जयन्ती, सगरमाथा दिवस सामुहिकरुपमा सहकार्य गरि मनाउँने भन्ने प्रस्ताव पारित भई सहकार्यका लागि संघसस्थाहरुबाट प्रस्ताव प्राप्त हुने क्रम जारि रहेको । साथै कन्सुलेटबाट प्रदान गरिने सेवाहरु वेभसाईटमा राखिएको र नागरिक बडापत्र समेत तयार गर्ने कार्य भईरहेको छ ।
महावाणिज्यदूताबासबाट यस आ.ब. कात्र्तिक मसान्त सम्म प्रदान गरिएको कन्सुलर सेवाहरु
आर्थिक बर्ष २०७३/७४ मा महावाणिज्यदूताबासबाट १९४ राहदानी, ९,६९१ भिषा, ७२ यात्रा अनुमती पत्र, ६ एन.आर.एन कार्ड, २६ स्ट्यान्र्ड लेटर, ४० पावर अफ अर्टरर्नी लेटर बितरण गरिसकेको छ ।
यससँगै पत्रकार भेटघाटमा महाबाणिज्यदूत भट्टराईले आफु सदैव नेपाल र नेपालीको स्वाभिमानलाई जिवीत राख्ने कार्य गर्ने बताए नेपाली महाबाणिज्यदूताबास सम्पूर्ण नेपालीहरुको साझा घर हो, त्यसैले हामी सदैव सल्लाह, सुझावको अपेक्षा राखी नेपाली समुदायसँग सहकार्य गर्न चाहन्छौ उनी सुझाउँछन् ।