संयुक्त राष्ट्रसङ्घ(एजेन्सी)/ संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेशले आपूm संयुक्त राष्ट्रसङ्घको सुधारका लागि लाग्ने बताएका छन् ।

विश्वमा शान्तिको स्थापना, विकासका क्रियाकलापहरुको प्रवद्र्धनका साथै जलवायु परिवर्तनको असरबाट विश्व समुदायलाई बचाउनका लागि संयुक्त राष्ट्रसङ्घको सुधार गरी यसलाई एक सशक्त सङ्गठन बनाउनेतर्पm आपूm लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे । सोमबार बिहान राष्ट्रसङ्घीय महासचिव पदको शपथ ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गत महिना नियुक्त भएका महासचिव गुटेरेशले सोमबार शपथ लिएका हुन् ।
उनको पाँचवर्षे कार्यकाल आगामी जनवरी १ देखि शुरु हुँदैछ । राष्ट्रसङ्घीय मुख्यालयमा एक भव्य समारोहबीच उनलाई शपथ गराइएको हो । त्यस अवसरमा उनले विश्वमा देखा परिरहेका नयाँनयाँ चुनौतीहरुको समाधानका साथै नयाँ सम्भावनाहरुको खोजी र समस्या समाधानका लागि राष्ट्रसङ्घले नयाँ ढङ्गले काम गर्नुपर्ने उनको धारणा राखे । ‘सङ्घमा अहिले देखा परिरहेका खास समस्या भनेको न्यूनतम रुपमा पनि द्वन्द्वको समाधान गर्न नसक्नु र विश्वमा प्रतिदिन विभिन्न खालका सङ्कटको जन्म हुने र तिनको समाधानमा प्रभावकारिता नहुनु नै हो ।’ उनले भने ।
शपथ ग्रहणपछि विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसङ्घको साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको विश्वले शक्तिशाली संयुक्त राष्ट्रसङ्घ खोजेको छ र यसका माध्यमबाट विश्वले द्वन्द्व र सङ्कटको समाधान खोजेको छ ।’ उनले संयुक्त राष्ट्रसङ्घको जन्म विश्वमा जारी रहेको युद्धबाट भए पनि आप्mनो अहम् भूमिका शान्तिको स्थापना नै भएको बताउँदै यस प्राथमिकतालाई आफ्नो कार्यकालमा अघि सार्ने पनि जनाए ।
‘हाल सिरिया र यमनमा निकै सङ्कटपूर्ण अवस्था छ भने यस्तो अवस्था रहेका देशहरु अरु पनि छन् । त्यसैगरी निकै लामो समयदेखि आन्तरिक रुपमा द्वन्द्वमा फँसेका पनि कैयौँ देशहरु छन् ।
यस्तो अवस्थामा हाम्रो तर्पmबाट थप अग्रसरता र भूमिका चाहिन्छ ।’ उनले भने । उनले राष्ट्रसङ्घको अहिलेको ढाँचा र प्रयासहरुमा व्यापक मात्रामा सुधार आवश्यक रहेको र यसका तर्पmबाट थप प्रभावकारी मध्यस्थता र सिर्जनात्मक कूटनीतिको खाँचो रहेको धारणा राखे ।
उनी संयुक्त राष्ट्रसङ्घको नवौँ महासचिव पदका लागि गत अक्टोबर १३ मा नियुक्त भएका हुन् । उनले यस पदको शपथ लिइरहँदा विश्वका कैयौँ देशमा हिंसा रोकिएको छैन । साथै संसारमा हिंसाका नयाँनयाँ रुपहरु पनि जन्मिरहेका छन् । यस्तो अवस्थामा विश्वकै छाता र शक्तिशाली सङ्गठनका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घको भूमिकाको थप प्रभावकारिताको खोजी संसारले नै गरिरहेको छ । विगतमा यसको भूमिका त्यति प्रभावकारी नरहेको आलोचना पनि भएको थियो ।