भद्रपुर/झापामा सञ्चालित अधिकांश एम्बुलेन्सले शव बोक्ने गरेको पाइएको छ । एम्बुलेन्स सञ्चालन, व्यवस्थापन तथा अनुगमन समितिको बेवास्ताका कारण एम्बुलेन्स चालकको मनोबल बढेपछि उनीहरुले शव बोक्न थालेका हुन् ।बिरामी बोक्ने एम्बुलेन्सले शव बोक्न नपाइने नियम भए पनि झापामा नियमविपरीत कार्यले तीव्रता पाएको छ ।
चारआलीको तारापुञ्ज बचत तथा सहकारी संस्थाबाट सञ्चालित मे.१च १६५६ नम्बरको एम्बुलेन्स दुई दिनअघि बिर्तामोडको बीएन्डसी अस्पतालबाट शव बोकेर इलामतर्पm लगेको पाइएको एम्बुलेन्स चालक सङ्घ, झापाका अध्यक्ष जयविन्द्रकुमार सिंले बताए । चालक विष्णु इङ्देन साँझको समयमा शव बोकेर इलामतर्पm लागेको जानकारी आएपछि सोको पुष्टि गर्न चालकसँग जानकारी लिँदा उनले स्वीकारेको अध्यक्ष सिंको भनाइ छ । एम्बुलेन्स चालकले आपूmखुशी काम गरेकाले झापामा एम्बुलेन्सको दुरुपयोग बढेर गएको उनले बताए । अनुगमन समितिका पदाधिकारीले बैठक बसेर भत्ता मात्र खाने गरेको तर कुनै काम नगरेको आरोप उनले लगाए । झापामा शववाहन नभएको समस्यालाई ध्यान दिएर केही समयअघि चालक सङ्घले विभिन्न दाताहरुको सहयोगमा शव वाहन खरिद गरे पनि एम्बुलेन्सबाटै शव बोक्ने क्रम जारी रहेको उनको भनाइ छ ।
म्बुलेन्सले शव बोकेका कारण सङ्घ बदनाम हुने गरेको गुनासो गरे । केही दिनअघि पनि घैलाडुब्बाको रेडक्रसले बिर्ता सिटी अस्पतालबाट शव बोकेर पाँचथर लगेको विषयमा विवाद हुँदा चालक जीवन राई घाइते भएको घटना उनले सुनाए ।एम्बुलेन्स चालक इङ्देनले आपूmले शव बोकेको स्वीकार गरेका छन् । ‘हाम्रो शववाहन काठमाडौँ गएको छ, यति सहयोग गरिदिनु प¥यो’ भनी अस्पतालले अनुरोध गरेपछि शव लगेको उनले बताए । अन्य एम्बुलेन्सले पनि शव बोकेकाले आपूmले पनि बोकेको उनको भनाइ छ । चालक सङ्घका अध्यक्षलगायत केही मुख्य पदाधिकारी आपूmविरुद्ध लागेकाले अरुले शव बोक्दा केही नभन्ने, तर आप्mनो एकपटकको गल्तीबारे सबैतिर हल्ला गरेकोमा दुःख लागेको उनले बताए ।
कतिपय एम्बुलेन्सले अस्पतालसँगको मिलोमतोमा शवलाई अक्सिजन लगाएर दिउँसै लैजाने गरेको प्रमाण आपूmसँग रहेको उनको भनाइ छ । तारापुञ्ज सहकारीका अध्यक्ष लेखनाथ पौडेलले भने सबैले अनुरोध गरेका कारण व्यावहारिकता हेरेको बताउँछन् । ‘संस्थाले यस्तो काम पहिलोपटक गरेकोले चालकलाई गम्भीर रुपमा सम्झाएर उप्रान्त यस्तो काम हुँदैन ।’ पौडेलले दावी गरे ।