चितवन/तरकारीवालीले परिचित गोरखाकी कुसुम श्रेष्ठले स्नात्तकोत्तरसम्म पढ्नको लागि निःशुल्क छात्रवृति प्राप्त गरेकी छन् । tarkariwali उनलाई लम्फू नामक फिल्म युनिटको सहयोगमा स्नात्तकोत्तरसम्म छात्रवृति प्राप्त गरेकी हुन् । हाल कुसुमले अध्ययन गरिरहेको चितवन रत्ननगरस्थित क्वेष्ट मोडल कलेजमा कार्यक्रम गरी फिल्म निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ का लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृति प्रदान गरिएको हो । साथै, काठमाडौंको बबरमहलस्थित नेपाल मेघा कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी कार्यक्रममै दिइएको छ । छात्रवृति प्राप्तपछि तरकारीवालीले परिचित कुसुमले आफूले यो सहयोगको पूर्ण रुपमा पूरा गर्ने वचनवद्धतासमेत गरिन् । उनले छात्रवृति प्रदान गर्नेहरुको चाहानालाई आफूले मर्न नदिने र त्यसका लागि आफूले मेहनत गर्ने बताइन् । उनलाई लम्फू नामक फिल्मको लागि नायिकामा अफर गरिएको थियो । तर, यस अघि उनले उक्त फिल्म नखेल्ने बताएकी थिइन् । नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा निर्देशक गोपाल चन्द्र लामिछानेले आफूले ‘लम्फू’मा अफर गरे पनि पहिले पढ्ने मनशय व्यक्त गरेकाले छात्रवृत्ति दिलाइएको जानकारी गराए। केही महिना अघि उनी तरकारी बोकिरहेको फोटो सामाजिक सञ्जाल फेसबुकमार्फत् भाइरल बनेको थियो । त्यसपछि उनको सुदिन सुरु भएको छ ।