नवलपरासी / नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को तेस्रो दिन शनिबार बिशेष आकर्षकको रुपमा लोकप्रिय गायक शिब परियार थिए । कार्यक्रममा ढिलै आएका गायक शिबलाई कुर्ने हजारौं दर्शक दिनभरीको घाम नभनि महोत्सवमा रमाइरहेका थिए ।जब कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा गायक शिब परियार स्टेजमा चढे तब हजारौं दर्शकले उनलाई निकै साथ दिए । मेरो कावासोती बासी दर्शकहरु नमस्कार भन्दै शिबले स्टेज तताउन शुरु गरे पछि करिब पौने घण्टासम्म दर्शक ननाँचि बस्न सकेनन् । शिब परियारले कार्यक्रममा आफ्नो निकै चर्चित गीतहरु गाएका थिए ।
उनले गाएका आधा दर्जन चर्चित गीतहरु मध्ये ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गीतमा उपस्थित सम्पुर्ण दर्शक खुबै नाँचेको देखिन्थ्यो । साँझ अबेरसम्म जति गीत गाएपनि दर्शकले वान्समोर भन्दै शिबलाई बिदा माग्नै दिएका थिएनन् । यहि कार्तिक २५ गतेबाट मंसिर ४ गते सम्म चल्ने महोत्सवको आजको तेस्रो दिन गायक शिब परियार, प्रजापति पराजुली, अम्मर बिरही गुरुङ, रमेश राज भट्टराई, दिपक खड्का, गायिका प्रिती आले तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
साथै कार्तिक २८ को कार्यक्रममा बिशेष आकर्षकको रुपमा चर्चित गायक पशुपति शर्मा, दुर्गा सापकोटा, रुवी सिङ्जाली, कवि सारु, नवराज थापा र स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव मध्ये नेपालकै पहिलो टेलिभिजन देवचुली टेलिभिजनले आयोजना गरेको हो ।
































