[caption id="attachment_18335" align="alignleft" width="600"]goli फायल तस्विर[/caption]

धरान /सुर्खेतको आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा गाउले र प्रहरीबिच भिडन्त भएको छ । भिडन्तपछि गाउलेहरुले प्रहरीको हतियार लुटेर लगेका छन् । प्रहरीले भने स्थानियले लुटेर लगेको हतियार नेपाल प्रहरीले नियन्त्रणमा लिईसकेको जनाएको छ । रक्सि खाएका स्थानिय युवा र प्रहरी बिच बिबाद भएपछि प्रहरीमाथी आक्रमण भएको थियो ।

करिव ३० जनाको संख्यामा रहेका स्थानीयबासीले बञ्चरो, हँसिया लगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेका थिए । उनीहरुले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरीका हतियारहरु खोसेका थिए ।क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको बताएका छन् ।

स्थानियले लुटेर लगेका हतियारहरु गाउलेको घर तथा खोलाहरुमा फेला परेको प्रहरीले जनाएको छ । चौकी आक्रमणमा संम्लग्न रहेका सात जनालाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्नेहरूमा काफलकोट–९ का केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंहलगायत रहेको प्रहरीको भनाई छ । घटनको बारेमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रकृया थालेको प्रहरी श्रोतले जनाएको छ ।