फोटो प्रदर्शनी सुरु
- कार्तिक ४, २०७३
- ब्लाष्ट खबर
पोखरा/कियाः ग्राफी भक्तपुरको आयोजनामा आजदेखि पोखरा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी सुरु भएको छ ।
भक्तपुरको कला, संस्कृति, चाडपर्व, रहनसहन र जीवनशैलीमा आधारित फोटोबारे पोखरावासीलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको संस्थाका अध्यक्ष अचुत प्रजापतिले जानकारी दिए ।
प्रदर्शनी तीनसम्म चल्नेछ । प्रदर्शनी सकिएपछि कात्तिक ७ गतेदेखि विशेष फोटोग्राफी तालिमसमेत आयोजना गरिनेछ । तालिममा यस क्षेत्रका ३० कलाकारको सहभागिता रहने छ ।
नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले प्रदर्शनीे शुभारम्भ गर्दै कला र संस्कृतिको संरक्षण संविधानमा लेखेर मात्र हुँदैन हामी आफैँले सुरुवात गर्नु पर्ने बताए । रासस